एक महिलासहित वीरेन्द्रनगरबाट तीन जना लागुऔषध कारोबारी पक्राउ
सुर्खेत । वीरेन्द्रनगरबाट एक जना महिलासहित तीन जना लागु औषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–३ का अन्दाजी ३० वर्षीय अर्जुन देवकोटा,
बाँके नेपालगन्ज उप–महानगर पालिका–११ का अन्दाजी २४ वर्षीय खिरोज खान र नेपालगन्ज उपमहानगरपालिका –१८ की अन्दाजी २३ वर्षीय शारदा सिंह रहेका छन् ।
खान र देवकोटालाई वीरेन्द्रनगरको मंगलगढी चोक नजिक रहेको हार्दिक होटेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवं सूचना अधिकारी लक्ष्मण शाहीले जानकारी दिए ।
उनीहरू त्यहाँ शङ्कास्पद रूपमा बसिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो । चेकजाँच गर्दा उनीहरूको साथबाट नापतौल लागु औषध, ३ हजार नेपाली र २ हजार ६ सय भारती रुपैयाँ, एक थान सादा मोबाइल, एक थान टच मोबाइल पाइएको उनले बताए । उनीहरूको साथमा ८ ग्राम लागु औषध रहेको थियो ।
यस्तै सिंहलाई भने वीरेन्द्रनगर नगरपालिका–३ को माया कर्णाली होटेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथमा ११ ग्राम ८२० मिलिग्राम लागु औषध, एक थान सादा मोबाइल रहेको प्रहरीले जनाएको छ । तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण