बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एक महिलासहित वीरेन्द्रनगरबाट तीन जना लागुऔषध कारोबारी पक्राउ

आइतबार, २८ जेठ २०८०, १५ : १५
आइतबार, २८ जेठ २०८०

 सुर्खेत । वीरेन्द्रनगरबाट एक जना महिलासहित तीन जना लागु औषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेमा कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–३ का अन्दाजी ३० वर्षीय अर्जुन देवकोटा, 

बाँके नेपालगन्ज उप–महानगर पालिका–११ का अन्दाजी २४ वर्षीय खिरोज खान र नेपालगन्ज उपमहानगरपालिका –१८  की अन्दाजी २३ वर्षीय शारदा सिंह रहेका छन् । 

खान र देवकोटालाई वीरेन्द्रनगरको मंगलगढी चोक नजिक रहेको हार्दिक होटेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवं सूचना अधिकारी लक्ष्मण शाहीले जानकारी दिए ।  

उनीहरू त्यहाँ शङ्कास्पद रूपमा बसिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो । चेकजाँच गर्दा उनीहरूको साथबाट नापतौल लागु औषध, ३ हजार नेपाली र २ हजार ६ सय भारती रुपैयाँ, एक थान सादा मोबाइल, एक थान टच मोबाइल पाइएको उनले बताए  । उनीहरूको साथमा ८ ग्राम लागु औषध रहेको थियो । 

यस्तै सिंहलाई भने वीरेन्द्रनगर नगरपालिका–३ को माया कर्णाली होटेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनको साथमा ११ ग्राम ८२० मिलिग्राम लागु औषध, एक थान सादा मोबाइल रहेको प्रहरीले जनाएको छ । तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप