मलामी जाँदा पहिरोमा पर्ने परिवारलाई बीमाको २६ लाख हस्तान्तरण
सुर्खेत । मलामी जब आफै मृतक बन्छ, घटना आफैमा कहालीलाग्दो हुन्छ । घटना हो असोज २३ २०७९ को । कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुलीमा मलामी जाने क्रममा पहिरोमा एकजना होइन, १३ जना बेपत्ता भएका थिए ।
यसै क्रममा ती पीडित परिवारलाई प्रदेश सरकारले केही राहत दिएको छ । राष्ट्रिय बीमा कम्पनीमार्फत् गरेको सामूहिक दुर्घटना बीमाबाट प्रति व्यक्ति दुई लाखका दरले २६ लाख बीमा रकम हस्तान्तरण गरेको छ ।
राष्ट्रिय बीमा कम्पनी सुर्खेतका प्रमुख शिवराज विसीका अनुसार बीमावापत पीडितका परिवारले पाउने रकम हकवालाको खातामा जम्मा हुने भएको छ ।
मलामी जाँदा माथिबाट आएको पहिरोमा परि मृत्यु हुनेहरुमा मानबहादुर शाही, अलिबहादुर शाही, खगेन्द्रबहादुर शाही, खिमबहादुर शाही, धनबहादुर शाही, भेषबहादुर शाही, भीमबहादुर शाही, प्रशान्त शाही, धनबहादुर शाही, नरेश बहादुर शाही, छत्रजंग शाही, परबहादुर शाही र मोतीलाल शाही थिए । तिनका आफन्तले दुई लाखको दरले चेक बुझेका हुन् ।
आइतबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा नै बोलाएर चेक हस्तान्तरण गरिएको हो । सो अवसरमा कानुनमन्त्री कृष्णबहादुर जिसी ‘जितेन्द्र’ ले बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन निर्देशनसमेत दिए ।
आगामी दिनमा प्राकृतिक प्रकोपमा परेकाहरुको उपचारको व्यवस्था गर्न, मृतक परिवारले पाँच लाख रुपैंयासम्म पाउने व्यवस्था गरिने मन्त्री जिसीको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण