राप्रपाको भूतपूर्व सैनिक संगठनको अध्यक्ष महासेनानी कार्की निर्वाचित
काठमाडौँ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनको महाधिवेशनबाट अध्यक्ष पदमा अवकाशप्राप्त महासेनानी प्रकाशजङ्ग कार्की निर्विरोध निर्वाचित भएका छन् ।
जेठ २७ र २८ गते काठमाडौँमा भएको संगठनको महाधिवेशनले अध्यक्ष कार्कीसहित ११ पदाधिकारी र ५१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
महाधिवेशनले उपाध्यक्षहरुमा महासेनानी (अप्रा) राजेश चन्द, प्रमुख सेनानी (अप्रा) चन्द्र प्रसाद चापागाईं, प्रमुख सेनानी (अप्रा) प्रभुकृष्ण खड्का, प्रमुख सेनानी (अप्रा) हरिशरण सुवेदी, सेनानी (अप्रा)इश्वरी पाण्डे, क्याप्टेन (अप्रा) केविन्द्र गुरुङलाई निर्वाचित गरेको छ भने महासचिवमा महासेनानी अप्रा उत्तम बोगटी, सचिव नरबहादुर क्षेत्री, अच्युत आचार्य र कोषाध्यक्षमा विष्णु बहादुर गिरी निर्वाचित गरेको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई बधाई र शुभकामना दिँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो जीवनको लामो समय देशभक्तिपूर्ण सैनिक सेवामा बिताएका अवकाशप्राप्त सैनिकले बाँकी जीवन देश र समाजका लागि समर्पित गर्नुपर्नेमा जोड दिए ।
शनिबार सुरु भएको महाधिवेशनमा एक दर्जन बढी नेपाली सेनाका अवकाशप्राप्त रथी, उपरथी, सहायक रथीहरु, दुई दर्जन बढी अवकाशप्राप्त महासेनानी, प्रमुख सेनानी, सेनानीहरु र देशभरबाट छानिएर आएका २१२ जना महाधिवेशन प्रतिनिधिहरु सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण