विघटित तीन जिल्लाको नेतृत्व चयन गर्न राप्रपाद्वारा अनलाइन आवेदन खुला
काठमाडौँ । राप्रपाले हालै विघटन गरेको तीन जिल्लामा नयाँ संयोजक चयन गर्न अनलाइन आवेदन आह्वान गरेको छ । पार्टीको गत शुक्रवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लामो समयदेखि निष्क्रिय, विवादित र गतिविधि शून्य रहेको भन्दै दाङ, मोरङ र रौतहट जिल्ला कार्यसमिति विघटन गर्ने निर्णय गरेको थियो ।
विघटन भएका पार्टीको ती तीन जिल्लाको नेतृत्व गर्न पार्टी भित्र सक्रिय, अन्य पार्टीमा रहेका र कुनै पार्टीको सदस्य नभए पनि नेतृत्व गर्ने क्षमता भएकालाई आवेदन खुला गरेको हो। नवीन राप्रपा निर्माण गर्ने हालै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको स्पिरिट अनुसार नयाँ ढंगबाट जिल्ला नेतृत्व चयन गर्ने अभ्यास प्रारम्भ भएको र राप्रपाको इतिहासमा यस्तो अभ्यास पहिलोपटक गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।
अनलाइन फाराममा नाम, स्थायी ठेगाना, हालको ठेगाना, जन्म मिति, लिङ्ग, शैक्षिक योग्यता, सम्पर्क नम्बरका अलावा तीन सय शब्दमा नबढाई कार्यानुभव र आगामी कार्ययोजना खुलाएर फाराम भर्नुपर्ने व्यवस्था राप्रपाले गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण