शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्युठान दुर्घटनामा ८ जनाको निधन भएकोमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

मङ्गलबार, ३० जेठ २०८०, ०६ : १५
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेका तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा ८ जनाको निधन भएकोप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

प्रधानमन्त्रीले सो घटनाप्रति दुःख व्यक्त गर्दै भनेका छन्, ‘प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेका तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा ८ जनाको निधन भएको खबरले दुखित बनाएको छ। घटनामा जीवन गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली ! उहाँका सबै आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप