के क्वालालम्पुर–भैरहवा उडानले निरन्तरता पाउला ?
बुटवल । मलेसियाको क्वालालम्पुर विमानस्थलबाट उडेको नेपाल एयरलाइन्सको विमान मंगलबार भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो ।
यो उडानसँगै नेपाल एयरलाइन्सले सुरुमा हप्तामा एक दिन उडान गर्ने र पछि सेवा विस्तार गर्दै जाने घोषणा गरेको छ ।
नेपाल एयरलाइन्सको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमानमा ९० जना यात्रु सवार थिए ।
आज भैरहवामा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सुरुका चरणमा पाइला सार्न गाहै्र भए पनि पाइला चालेपछि गन्तव्यमा पुगिने बताएका छन् ।
उनले विमान चलाउनेको लागि विमानस्थल निर्माण भएको भन्दै हप्तामा एक दिनबाट बढाउँदै लैजाने घोषणा गरे ।
अहिले मलेसिया–भैरहवाको ३१ हजार र मलेसिया–काठमाडौँ ५६ हजार रुपैयाँ भाडा दर तोकेको नेपाल वायु सेवा निगमका सहप्रवक्ता गणेश घिमिरेले बताए ।
गौतम बुद्ध विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले विजनेशको हिसाबले एयरलाइन्सले सेवा निरन्तरता दिनेमा आफूहरू विश्वस्त रहेको बताए ।
नेपाल वायु सेवा निगमका पूर्व महाप्रबन्धक केशवराज खनालले सस्तो हुँदा सुरुमा भैरहवा झार्ने मात्रै गरे पनि पछि भैरहवाबाटै उडाउने पनि गर्दा सफल हुने सक्ने बताए ।
उनले मलेसियामा भारतका कामदारहरू धेरै जाने भएको हुँदा भैरहवाबाट सस्तो टिकटले नेपालीसँगै भारतीय पनि लैजान सक्ने अवसर रहेकोले नेपाल एयरलाइन्स सफल हुन सक्ने बताए ।
यता नेपाल ट्राभल एन्ड टुर (नाटा) का लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष सागर अधिकारीले अहिले हप्ताको एक दिन नेपाल एयरलाइन्सको मलेसिया–भैरहवा सेवाको खासै औचित्य नभएको टिप्पणी गरे ।
उनले भैरहवामा चढाउन नपाउने भएपछि कति दिन अफरको नाममा कम्पनीले नोक्सान व्यहोर्न सक्छ भन्दै प्रश्न गरे ।
अलजजिरा एयरलाइन्स र हिमालय एयरलाइन्सले केही अन्तर्राष्ट्रिय उडान गरेपनि अहिले रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
-
फेरि किन पक्राउ परे कांग्रेस नेता अभिषेक गिरी ?
-
टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?
-
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
बेल्जियम चम्किएको दिन, तीनवटै आयोजक राउन्ड १६ बाट आउट
-
लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण