कोशी प्रदेशः नीति तथा कार्यक्रम आज प्रदेशसभामा पेस गरिने
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ को वार्षिक नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभामा पेश गर्ने भएको छ ।
कोशी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले वार्षिक नीति तथा कार्यक्रम छलफलका लागि स्वीकृति गर्ने निर्णय गरेको थियो ।
नीति तथा कार्यक्रम कोशी प्रदेशसभाको चालु अधिवेशनमा बुधवार दिउँसो एक बजे सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
यसअघि नेकपा माओवादी केन्द्र र जसपा बाहिरिएपछि सरकार अल्पमतमा परेको छ । अल्पमतमा परिसकेको सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दा फेल हुने र सरकार ढल्न सक्ने खतरा रहेको कारण गत जेठ २३ गते अनिश्चितकालका लागि संसद् स्थगित भएको थियो ।
स्थगित संसद् सुचारु गराउन तथा प्रदेशसभाबाटै नीति तथा कार्यक्रम र बजेट ल्याउन विपक्षी चार दलीय गठबन्धनले माग गरेका थिए ।
संवैधानिक बाध्यताका कारण सरकारले बुधवारका लागि संसद् आह्वान गरेको हो । संविधानको संविधानको धारा १८४ को उपधारा (२) मा हरेक वर्षको पहिलो अधिवेशनमा प्रदेश प्रमुखले प्रदेशसभालाई सम्बोधन गर्ने व्यवस्था स्पष्ट किटान गरिएको छ ।
अहिलेसम्म कोशी प्रदेशको दोस्रो संसद्को पहिलो अधिवेशनमा प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गरेकै छैनन् । यसकारण संसद्को अधिवेशन अन्त्य गर्न सरकारलाई अप्ठ्यारो अवस्था सिर्जना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण