संसद्मा गाईजात्रा देखाउने काम भयो : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलहरूले संसद्मा गाई जात्रा देखाएको आरोप लगाएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित डि. आर. शर्मा पौडेलको चौथो स्मृति सभामा बोल्दै प्रचण्डले प्रतिनिधि सभामा विपक्षी दलका सांसद्हरुले मर्यादा भुलेर प्रस्तुत हुने गरेको दुखेसो पोखे ।
सदन एकले अर्कालाई अपमानित गर्ने थलोको रूपमा परिणत हुँदै गएकोमा प्रधानमन्त्री प्रचण्डले आपत्ति समेत जनाए । अहिले व्यवस्था उल्टाउने कसरत दक्षिणपन्थी तप्काबाट भइरहेको भन्दै प्रचण्डले आफूले देश जनताको पक्षमा काम गरेको उनीहरुले नरुचाएको बताए ।
सरकारले गरेको कामको परिणाम केही दिनमा देखिने भन्दै प्रचण्डले सरकारले गरेको राम्रो कामको स्वामित्व ग्रहण गर्ने र त्यसलाई व्यवस्थित प्रचार गर्न पार्टी कमिटीहरू चुकेको बताए । अबका दिनमा पार्टीलाई रूपान्तरण गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
प्रचण्डले डि. आर. पौडेल बिचारमा प्रष्ट र कुशल संगठक रहेको भन्दै उनको अभाव पार्टीलाई खड्किरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण