बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

संस्कृत विश्वविद्यालय देशको गहना हो : प्रधानमन्त्री प्रचण्ड

बुधबार, ३१ जेठ २०८०, १६ : २४
बुधबार, ३१ जेठ २०८०

दाङ । प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले नेपाल संस्कृत विश्वविद्यालय मुलुकको प्राज्ञिक सम्पत्तिको रुपमा स्थापित भएको बताएका छन् । 

नेपाल संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त अभिव्यक्ति दिएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले नेपाल संस्कृत विश्वविद्यालय पूर्वीय दर्शन अध्ययनको लागि विश्वभरका विद्यार्थीहरुको उचित गन्तव्य बन्न सक्ने र नेपालको शैक्षिक तथा आर्थिक उन्नयनमा टेवा पुग्ने बताए । 

प्रधानमन्त्री प्रचण्डले नेपाल संस्कृत विश्वविद्यालय नेपालको एक ऐतिहासिक प्राज्ञिक थलो रहेकाले यसको विकास र शैक्षिक उन्नयनका लागि सरकारदेखि अभिभावकसम्म सबै उत्तरदायी बन्नु पर्नेमा जोड दिए । 

सरकारले विश्वविद्यालयको शैक्षिक तथा पूर्वाधार विकासका लागि सदैव प्रभावकारी काम गर्दै आइरहेको बताउँदै उनले भने, ‘संस्कृत विश्वविद्यालयका चर्चा मित्र राष्ट्र भारतसम्ममा उत्तिकै छ । यसले नेपाल–भारतको शैक्षिक सम्वन्ध, समन्वय समेत गर्दै आइरहेको छ ।’

संस्कृत विश्वविद्यालयमा भारतबाट समेत उच्च शिक्षा अध्ययनका लागि आउने गरेकाले यसको गरिमा र महत्त्व भारतले समेत गर्ने गरेको उनको भनाई थियो । 

उक्त विश्वविद्यालयको संरक्षकसमेत रहेका प्रम दाहालले विद्यार्थी दीक्षित कार्यक्रम नियमित हुनुपर्नेमा केही वर्ष यता रोकिएकाले निरन्तरता दिन आग्रह गरे । 

कार्यक्रममा शिक्षा मन्त्री अशोक राईले नेपाल संस्कृत विश्वविद्यालयका हरेक शैक्षिक कार्यक्रमलाई परिकृत, व्यवस्थित बनाउँदै लैजाने विश्वास व्यक्त गरे । 

दीक्षान्त समारोहमा नेपाल संस्कृत विश्विद्यालयका ५७५ जना विद्यार्थीहरु दीक्षित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप