जब मिथुनले गर्नुपरेको थियो बी ग्रेड फिल्ममा काम, वर्षौँपछि छोराले खुलाए कारण
८० को दशकमा एक समय यस्तो थियो जब हिन्दी सिनेमाका दिग्गज मिथुन चक्रवर्तीका फिल्म ठुलो पर्दामा खासै चाल्दैनथे । त्यसपछि निर्देशक बब्बर सुभाषले ‘डिस्को डान्सर’ फिल्म ल्याए । यो फिल्मपछि मिथुनको भाग्यको तारा चम्कियो र उनी लोकप्रिय स्टार बने । तर यी स्टारकाे जीवनमा एक समय यस्तो आयो जब उनले बी ग्रेड फिल्ममा पनि काम गर्नु परेको थियो । अब वर्षौँपछि उनका छोरा मिमोहले बुबाले यस्तो निर्णय लिनुको कारण खुलाएका छन् ।
फिल्म उद्योगका चर्चित अभिनेता मिथुन चक्रवर्तीले आफ्नो करियरको कठिन दिनमा पनि हार मानेनन् । मिथुनका लागि करियर सुरु गर्न पनि सजिलो थिएन । करियरको सुरुवातमा कालो वर्णका कारण उनले धेरै अस्वीकारहरूको सामना गर्नुपर्यो । तर करियरको सुरुमा कठिन परिस्थितिको सामना गर्ने उनी पहिलो कलाकार भने होइनन् । उनी तीमध्ये एक कलाकार हुन् जसले चर्चा पाउनुभन्दा अघि धेरै चुनौतीको सामना गरे ।
मिथुनलाई अभिनय पेसामा यतिसम्म गाह्रो भएको थियो कि एक पटक उनी बी ग्रेड फिल्ममा समेत काम गर्न बाध्य भएका थिए । यसका लागि उनले आलोचनासमेत झेल्नुपर्याे । अब उनका छोरा मिमोहले पिताले यो निर्णय लिनुको कारणबारे खुलासा गरेका छन् ।
मिथुन चक्रवर्तीका छोरा मिमोह चक्रवर्तीले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा बुवाको सङ्घर्षका दिन देख्न नपरेकोमा आफू भाग्यमानी भएकाे बताएका छन् । ठुला स्टार भइसक्दा पनि उनका पिताले बी ग्रेड फिल्ममा किन काम गर्नुपरेको थियो भनेर उनले कुरा उठाएका छन् । मिमोहका अनुसार उनका पिताले परिवारको लालन पालनका लागि यस्ताे गरेकाे बताए । उनले भने, ‘बुवाले धेरै कुराको खर्च व्यवहोर्नु पर्दथ्यो । मेरो बुवा एक दिनमा चार सिफ्टमा काम गर्नुहुन्थ्यो । कति पटक त धेरै काम गरेका कारण डिप्रेसनमा नै जानुहुन्थ्यो ।’
फिल्म फ्लप हुँदा यस्तो थियो अभिनेताको हाल
हालै दिएको आफ्नो एक अन्तरवार्तामा मिथुनका छोरा मिमोहले भने, ‘मेरी आमा, बुवाको राम्रो र खराब दिनको साक्षी हुनुहुन्छ । फिल्म फ्लप हुँदा बुवा असाध्यै निराश हुने गर्नुहुन्थ्यो । आफ्नो हरेक चुनौतीलाई पूरा गर्नका लागि कडा मेहनत गर्दा पनि फिल्म फ्लप हुँदा बुवा नराम्रोसँग टुट्नुहुन्थ्यो । ’
उनी थप्छन्, ‘बुवाले एक दिनमा चार वटा सिफ्टमा काम गर्नुपर्दथ्यो । बुवाले नै भ्यानिटी भ्यानको कन्सेप्ट लिएर आउनुभएको थियो ।’
जब स्टारडम घट्दै थियो
मिमोहले यो कुरा सन् २००० को आसपास भएको बताए । त्यतिबेला मिथुनको स्टारडम कमजोर हुँदै गइरहेको थियो । मिथुनले बी ग्रेड फिल्ममा काम गर्दासम्म उनले फिल्म उद्योगमा आफ्नो स्टारडम बाँचिसकेका थिए । मिमोहका अनुसार उनलाई यी फिल्ममा अफर आउँदा परिवारको बारेमा मात्र सोचेर काम गरेका थिए ।
मिथुनले सन् १९७६ मा फिल्म मृग्याबाट आफ्नो अभिनय करियर सुरु गरेका थिए । उनले आफ्नो करियरमा अहिलेसम्म सयौँ फिल्म गरिसकेका छन् तर कुनै समय उनले क्लासिक डान्स अफ लभजस्ता बी ग्रेड फिल्ममा काम गर्नुपरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण