बालकृष्णको पक्षमा बहस गर्दै पूर्वमहान्यायाधिवक्ता पत्रकारमाथि खनिए
काठमाडौँ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको पक्षमा बहस गर्न इजलासमा उभिएका पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती पत्रकार विरुद्ध खनिएका छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा बुधवार बहस गर्न उभिएका वरिष्ठ अधिवक्ता खातीले खाणको प्रतिरक्षा भन्दा पत्रकार र प्रहरी विरुद्ध आलोचनामा समय खर्चिए ।
अनुसन्धान भइरहेको विषय मिडियाले ‘हुबहु’ लेखेको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता खातीले भने–‘यहाँ इजलासमा पनि पत्रकारहरू छन्, थुनछेक आदेश नहुँदै आदेश नआओस् ।’
पूर्व गृहमन्त्री बालकृष्ण खाणको पक्षबाट बहस गर्न लागेको भन्दै आफ्ना विरुद्ध मिडियाले समाचार प्रकाशन गरेकोमा आक्रोश व्यक्त गर्दै खातीले भने–‘उहाँ मेरो नेता हो तर, अहिले म उहाँको कानुन व्यवसायीको रूपमा उपस्थित छु ।’
बालकृष्ण खाणलाई पक्राउ गरेर उनको विरुद्धमा प्रहरी अधिकृतहरूले पनि मिडियामा सूचना चुहाएको खातीको आरोप छ । इजलासमा पत्रकारलाई प्रवेश दिएकोमा असन्तुष्टि जनाउँदै खातीले भने–‘यो मुद्दा बन्द इजलासमा सुनुवाइ हुनुपर्ने थियो ।’
भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा आफ्ना नेता बालकृष्ण खाण असंलग्न रहेको जिकिर गर्दै खातीले भने–‘अभियोग गोलमटोल छ ।’ कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिने वरिष्ठ अधिवक्ता खाती बालकृष्ण खाण गृहमन्त्री हुँदा महान्यायाधिवक्ता थिए ।
भुटानी बनेर अमेरिका जान खोज्नेहरू नै ‘अभियुक्त’ भएको उनको तर्क छ । जाहेरवाला रामकुमार रेग्मीको पत्नीले प्रहरीलाई शरणार्थी कार्यदलको प्रतिवेदन बुझाएको मिसिलबाट देखिएको उल्लेख गर्दै खातीले भने–‘रेग्मी पत्नीले कसरी पहिले नै प्रतिवेदन पाइन् ?’
भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई खातीले ‘प्रेरणाको स्रोत’ भएको इजलासमा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण