संघ सरकारले मधेस प्रदेशलाई सबैभन्दा कम अनुदान दिएको अर्थमन्त्रीको गुनासो
शुक्रबार, ०१ असार २०८०, २० : ३८
जनकपुरधाम । मधेस प्रदेशका अर्थमन्त्री सञ्जय कुमार यादवले संघीय सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सबै प्रदेशभन्दा कम अनुदान दिएको गुनासो गरेका छन् ।
प्रदेशसभामा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले यस्तो गुनासो गरेका हुन् । उनले सबैभन्दा कम अनुदान प्राप्त भएको विषयलाई गम्भीर रूपमा लिएको बताए ।
उनले भने, संघीय सरकारबाट प्राप्त अनुदान रकम नै सरकार सञ्चालनको मूल स्रोत भएकोले जनतासँग गरेको आफ्ना प्रतिवद्धताहरु तत्काल पुरा गर्न संघबाट प्राप्त अनुदान अपर्याप्त छ ।
उनले नेपाल सरकारले संकलन गरेको राजश्वर संघ, प्रदेश र स्थानीय तहलाई न्यायोचित वितरण हुनुपर्ने माग पनि गरे । राजश्व बाँडफाँड गर्दा सन्तुलित र पारदर्शी रूपमा गर्नुपर्ने संवैधानिक व्यवस्था संघलाई उनले स्मरण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण