शरणार्थी नेता टेकनाथ रिजाललाई आफ्नै बयान ‘घातक’
काठमाडौँ । शरणार्थी प्रकरणमा अदालतमा आफैँ बहस गरेर न्यायाधीशलाई ‘कन्भिन्स’ गर्ने प्रयास गरेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अन्तत: थुनामा गएका छन् । रिजाललाई थुनामा राख्न न्यायाधीशले चारवटा आधारलाई तत्काल प्राप्त प्रमाण मानेका छन् ।
झापास्थित आफ्नो घरमा रङ लगाउने ठेक्का लिएका रामशरण केसीसँग रिजालले ‘अब नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने काम हुन्छ’ भनेको तथ्यलाई न्यायाधीशले उनी विरुद्धको प्रमाणको रूपमा ब्याख्या गरेका छन् । रामशरण केसीको बयान समेतलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले प्रमाण मानेर थुनामा पठाउने आदेश गरेका हुन् ।
रामशरणले बयानमा भनेका छन्– ‘टेकनाथ रिजालले ३४ जना नेपालीहरूलाई भुटानी शरणार्थीको परिचयपत्र ‘भुटान मानवअधिकार सङ्गठन’को सदस्यता पत्रमा हस्ताक्षर गरेका हुन् ।’
शरणार्थी नेता रिजालका लागी आफ्नै बयान ‘घातक’ भएको छ । रामशरण केसीको बयानलाई रिजालले स्वीकार गरेको न्यायाधीशले आदेशमा उल्लेख गरेका छन् । आदेशमा भनिएको छ– ‘केही परिचयपत्रमा सही गरेको तथ्य निजले नै स्वीकार गरेको देखिएको ।’
अनुसन्धान अधिकृत र सरकारी वकिलसँग गरेको बयानमा केसीले रिजाललाई ११ लाख नगद दिएको बयान दिएका थिए । रामशरणले गरेको सो बयान सानु भण्डारीबाट बरामद डायरीमा पनि उल्लेखित ब्यहोराले पुष्टि गरेको अदालतको ठहर छ । न्यायाधीश न्यौपानेले आदेशमा भनेका छन्– ‘रामशरण केसीको बयानलाई सानु भण्डारीबाट बरामद भएको डायरीमा उल्लेखित ब्यहोराले पुष्टि गरेको देखिँदा निजको कसुरमा संलग्नता रहेको देखियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण