भारतमा हुने विश्वकपमा भाग लिन सरकारको अनुमति कुर्दै पाकिस्तान

इस्लामाबाद । यो वर्ष भारतमा आयोजना हुने ५० ओभरको क्रिकेट विश्वकपमा भाग लिन पाकिस्तानको क्रिकेट टोली सरकारको अनुमतिको पर्खाइमा रहेको छ । विश्वकपको प्रस्तावित तालिका जारी भएपछि पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजाम सेठीले विश्व क्रिकेटको नियामक निकाय आईसीसीलाई पत्र लेख्दै बोर्डले एक्लै यसबारेमा अनुमति दिन नसक्ने बताएका हुन् ।
‘हामीले आईसीसीलाई पत्र लेख्दै विश्वकपको तालिकालाई अनुमोदन गर्ने वा अस्वीकार गर्नेबारे एक्लै निर्णय गर्न सक्दैनौँ भनेर आईसीसीलाई पत्र लेखेका छौँ,’ सेठीले भने, ‘भारतजस्तै यसबारे पनि हाम्रो सरकारले निर्णय लिनुपर्छ । अहिले हामी अहमदाबादमा खेल्छौँ कि खेल्दैनौँ भन्ने प्रश्न गर्नु नै बेकार छ । पहिले सरकारले हामी खेल्न जान्छौँ किन जाँदैनौँ भनेर निर्णय गर्नुपर्छ । हाम्रो निर्णय त्यसैमा भरपर्छ ।’
सन् २०२३ को विश्वकप आगामी अक्टोबर ५ तारिखदेखि सुरु हुनेछ । त्यसको १० दिनपछि भारत र पाकिस्तान भिड्ने तालिका तय छ । पाकिस्तानले लिग चरणमा पाँचवटा रंगशालामा खेल खेल्ने तालिकामा उल्लेख छ । तर, सन् २०१६ को टी–२० विश्वकप यता पाकिस्तानले भारतको भ्रमण गरेको छैन ।
ईएसपीएन क्रिकइन्फो
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिथिला संस्कार र संस्कृतिमा बढ्दो तमकझमक
-
जलवायु परिवर्तनले हुने हानी, नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाऔँ : विज्ञहरू
-
रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त
-
सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरण : युएनडीपी उपाध्यक्ष
-
अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित : ट्रम्प
-
दासढुङ्गामा मदन–आश्रित स्मृतिसभा