भारतमा हुने विश्वकपमा भाग लिन सरकारको अनुमति कुर्दै पाकिस्तान
इस्लामाबाद । यो वर्ष भारतमा आयोजना हुने ५० ओभरको क्रिकेट विश्वकपमा भाग लिन पाकिस्तानको क्रिकेट टोली सरकारको अनुमतिको पर्खाइमा रहेको छ । विश्वकपको प्रस्तावित तालिका जारी भएपछि पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजाम सेठीले विश्व क्रिकेटको नियामक निकाय आईसीसीलाई पत्र लेख्दै बोर्डले एक्लै यसबारेमा अनुमति दिन नसक्ने बताएका हुन् ।
‘हामीले आईसीसीलाई पत्र लेख्दै विश्वकपको तालिकालाई अनुमोदन गर्ने वा अस्वीकार गर्नेबारे एक्लै निर्णय गर्न सक्दैनौँ भनेर आईसीसीलाई पत्र लेखेका छौँ,’ सेठीले भने, ‘भारतजस्तै यसबारे पनि हाम्रो सरकारले निर्णय लिनुपर्छ । अहिले हामी अहमदाबादमा खेल्छौँ कि खेल्दैनौँ भन्ने प्रश्न गर्नु नै बेकार छ । पहिले सरकारले हामी खेल्न जान्छौँ किन जाँदैनौँ भनेर निर्णय गर्नुपर्छ । हाम्रो निर्णय त्यसैमा भरपर्छ ।’
सन् २०२३ को विश्वकप आगामी अक्टोबर ५ तारिखदेखि सुरु हुनेछ । त्यसको १० दिनपछि भारत र पाकिस्तान भिड्ने तालिका तय छ । पाकिस्तानले लिग चरणमा पाँचवटा रंगशालामा खेल खेल्ने तालिकामा उल्लेख छ । तर, सन् २०१६ को टी–२० विश्वकप यता पाकिस्तानले भारतको भ्रमण गरेको छैन ।
ईएसपीएन क्रिकइन्फो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
-
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण