गठबन्धनलाई ओलीको प्रश्न : ‘लिभिङ टुगेदर’ त चलिरहेकै छ, के को समाजवादी मोर्चा ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी, नेकपा एस, जनता समाजवादी पार्टी आवद्ध रहने भनिएको समाजवादी मोर्चाप्रति कटाक्ष गरेका छन् । शनिवार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रमका बोल्दै ओलीले एमालेसँग मुकाविला गर्नका लागि समाजवादी मोर्चा बनाउन लागेको हो भन्दै प्रश्न गरे ।
अध्यक्ष ओलीले भने– ‘यो गठबन्धन सठबन्धन हुँदै गर्छ । यो गठबन्धन मात्रै नपुगेर अर्को के मोर्चा पनि बनाउने रे । समाजवादी मोर्चा पनि बनाउने रे ? समाजवादी मोर्चा किन बनाउने भनेको एमालेसँग मुकावाला गर्नका लागि ? समाजवादी मोर्चाको २ वटा उद्देश्य छन्, एउटा एमालेसँग मुकाविला गर्ने र अर्को कांग्रेसलाई तर्साउने–समाजवादी मोर्चा बनाउछु भनेर । समाजवादी मोर्चा बनाएरचाँही हुन्छ के ? तिनै चिनेका मान्छे हुन सँगै हिँडिरहेका छन् । मोर्चा भनेपनि नभनेपनि लिभिङ टुगेदर त चलिरहेकै छ । अनि के मोर्चा के नमोर्चा ?’
उनले त्यस्ता मोर्चाहरुको खास आश गर्ने कुनै आधार नभएको बताए । उनले देशप्रति समर्पित राष्ट्रिय शक्ति बनाउनका लागि एमाले लागिपरेको उल्लेख गरे । जनताप्रति, सुशासनप्रति, विकासप्रति र नेपाल जनताले चौतर्फी विकास गरेर देशका नागिरिकले सुरक्षा पनि पाउन, न्याय, सम्मान पनि पाउन र सुखी जीवनयापन गर्न पाउने राष्ट्रिय शक्ति स्थापना गर्न खोजको उल्लेख गरे । चारतिर फर्केका गलत गलत त्यस्ता तत्वहरु एकठाउँमा बसेर राष्ट्रिय शक्ति बन्न नसक्ने उनको जिकिर थियो । त्यस्तो गठबन्धन एमालेलाई सरकार बाहिर राख्न एकछिनका लागि मात्रै हुन सक्ने ओलीको भनाई छ ।
उनले एमालेले अब मिसन ८४ सुरु गर्ने बेला आएको उल्लेख गर्दै कसैले पराजित गर्न नसक्ने राष्ट्रिय शक्ति निर्माण गर्ने दावी गरेर एमाले अघि बढ्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य प्रदेशको विवाद गण्डकीमा ल्याउनु हुँदैन: देवका पहारी
-
मधेस प्रदेश सरकारबारे केन्द्रको निर्देशन पर्खिंदै कांग्रेस–एमाले
-
काम गर्न यही सरकार सक्षम छ, फेर्न लागे सङ्घीयता बदनाम हुन्छः पञ्चराम गुरुङ
-
सांसदहरूलाई स्वकीय सचिव राख्न दिन ऐन परिमार्जन
-
इरानविरुद्ध युद्ध सुरु गर्ने निर्णय गलत ठान्छन् अधिकांश अमेरिकी
-
कांग्रेस दलका नेता थापाले भने- ‘एमालेसँगको सहकार्य टुट्यो, तीन विकल्पमा छलफल भइरहेको छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण