रौतहटमा करेन्ट लागेर २ दिनमा ३ युवकको ज्यान गयो
रौतहट । रौतहट जिल्लाको परोहा नगरपालिका ५ मा बस्ने २५ वर्षीय अबुलैस मिया कवारीको विद्युत्को करेन्ट लागेर मृत्यु भएको छ। गर्मीबाट बच्न गए राति आफ्नो घरमै पङ्खाको तार जोड्ने क्रममा करेन्ट लागेर कवारीको ज्यान गएको हो ।
दुई दिनभित्र रौतहटमा करेन्ट लागेर ३ जना युवाको ज्यान गएको छ । यस अघि विद्युतीय मोटरबाट करेन्ट लागेर रौतहटको बौधीमाई नगर क्षेत्रमा शुक्रबार राति २ जना युवकको ज्यान गएको थियो। मृत्यु हुनेमा बौधिमाई ५ कोपवा गाउँका २५ वर्षीय अरुण साह र २६ वर्षका सिताबी पण्डित रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपि उमाशङ्कर यादवले बताए ।
ट्युबवेल धारामा विद्युत् मोटर सञ्चालन गर्ने क्रममा अचानक अरुण साह लाई विद्युत् प्रवाह भएर करेन्ट लागेको थियो। साहलाई बचाउन खोज्दा पण्डितलाई पनि करेन्ट लागेर दुवै जना अचेत भएका थिए। तत्काल एम्बुलेन्स बाट दुवै जना लाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लैजाँदा डाक्टरले दुवै जना लाई मृत घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण