विपद्
पाँचथरमा बाढी : ५ जना बेपत्ता, मेची राजमार्गको पुल बगायो
आइतबार, ०३ असार २०८०, ०८ : १६
काठमाडौँ । पाँचथरको फिदिम स्थित हेवा खोलामा आएको बाढीका कारण ५ जना बेपत्ता भएका छन् । गएराति आएको बाढीले १० वटा घर बगाएको पाँचथरका डिएसपी हरि खतिवडाले रातोपाटीलाई बताए ।
बेपत्ता हुनेमा आशिष बुढाथोकी, एलिस बुढाथोकी, तिल कुमार तामाङ, सन्जोग लिम्बु र राजकुमार राई छन् । कोशी प्रदेशका डिआइजी राजेशनाथ बास्तोलाका अनुसार पाँचथर र ताप्लेजुङ जोड्ने मेची राजमार्गको पक्की पुल बगाएको छ ।
फिदिम नगरपालिका–४ र ताप्जेलुङको हिलिहङ गाउँपालिका–७ जोड्ने मोटरेवल पुल बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको डिआइजी बास्तोलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण