पाल्कीमा चढेर स्कुल जान्थिन्, आँखा लाग्ला भनेर पर्दाभित्रै राखिन्थ्यो : छोरी सायरा बानोका लागि सुपरस्टार अभिनेत्रीले छोडिन् अभिनय
४० को दशककी सबैभन्दा सुन्दर अभिनेत्री नसिम बानोले ३१ वर्षसम्म फिल्मी उद्योगमा राज गरिन् । उनी यति सुन्दर थिइन् कि आँखा नलागोस् भनेर उनलाई पर्दाभित्र राखिन्थ्यो । यसै कारण उनलाई ब्युटी क्विन र पहिलो महिला सुपरस्टार भनिन्थ्यो ।
आमा नमाने पनि अभिनयमा आउनका लागि उनी भोक हडतालमा गइन् । तर छोरीको जिद्दीमा आमा झुक्नुपर्यो र फिल्मी यात्रा सुरु भयो । पहिलो फिल्मले उनलाई रातारात स्टार बनाइदियो । ४ दशकसम्म फिल्मी उद्योगमा राज गरेपछि उनले आफ्नी छोरी सायरा बानोका लागि फिल्ममा काम गर्न छोडिन् ।
आज नसिम बानोको पुण्यतिथीमा उनको जीवनका केही किस्साबारे जानकारी लिऔँ ।
यति सुन्दर कि नजर लाग्ला भनेर पर्दामा राखिन्थ्यो
नसिम बानुको वास्तविक नाम रोशा आरम बेगम थियो । उनको जन्म ४ जुलाई सन् १९१६ मा पुरानो दिल्लीमा भएको थियो । नसिमकी आमा, शमशाद बेगम आफ्नो समयकी एक चर्चित गायिका थिइन् । नसिम बानुलाई शाही ढङ्गले हुर्काइएको थियो । उनी स्कूल पढ्न जाँदा पनि पाल्की चढेर जान्थिन् । नसिमको सुन्दरताको अन्दान यो कुराले लगाउन सकिन्छ कि कसैको नजर नलागोस् भनेर उनलाई सधैँ पर्दामा राखिन्थ्यो ।
नसिमको सुन्दरता देखेर नै उनलाई फिल्ममा काम गर्न अफर दिइयो
स्कूलको छुट्टीको दिनमा एकपटक नसिम आफ्नी आमासँग फिल्म सिल्भर किङको सुटिङ हेर्न गएकी थिइन् । सुटिङ देखेपछि उनलाई पनि नायिका बन्ने रहर जाग्यो । स्टुडियोमा नसिमको सुन्दरता देखेर उनलाई फिल्ममा काम गर्ने अफर पनि दिइयो तर उनकी आमाले नसिम सानै भएको भन्दै प्रस्ताव अस्वीकार गरिन् किनभने उनकी आमा नसिम डाक्टर बनोस् भन्ने चाहन्थिन् ।
फिल्म ‘खून का खून’ बाट फिल्मी करियरको सुरुवात
यतिबेला नसिम बानुलाई फिल्म निर्माता सोहराब मोदीले फिल्म ‘खून का खून’ का लागि मुख्य अभिनेत्रीको भूमिका अफर गरे । यो पटक पनि नसिमकी आमाले प्रस्ताव अस्वीकार गरेकी थिइन् तर यसपटक भने आमाले ‘नाइँ’ भनेपछि पनि नसिम ‘नायिका बन्छु’ भनेर जिद्दी गर्न थालिन् । यतिमात्रै होइन, आफ्नी आमालाई मनाउनका लाािग उनी भोक हड्तालमा पनि गइन् । अन्ततः उनकी आमाले जसरी पनि स्वीकारोक्ति दिनुपर्यो । त्यसपछि उनले फिल्म ‘खून का खून’ मा काम गर्न सुरु गरिन् ।
यो फिल्म सफल भएपछि नसिम पूरा देशभरी चिनिइन् । त्यसपछि नसिम सबै फिल्म निर्माताको पहिलो रोजाई बनेकी थिइन् । जब फिल्ममा बढी अफर आउन थाल्यो तब उनले आफ्नो स्कूलको पढाई छोडिन् र फिल्म इ्न्डष्ट्रिमा पूर्ण रुपमा लाग्न थालिन् ।
फिल्म पुकारबाट पाइन् ठूलो सफलता
उनले मिनर्वा मुभिटोन ब्यानरअन्तर्गत मोदीसँग थुप्रै फिल्म बनाइन् जसमा तलाक, मिठा जहर, बसन्तीजस्ता फिल्म समावेश थिए तर फिल्म पुकारमा नसिम ‘नूर जहां’ को भूमिका निभाएर चर्चित भइन् । त्यसपछि नसिमलाई अन्य फिल्मका लागि अफर आयो तर सोहराब मोदीसँग भएको सम्झौताका कारण उनले उक्त प्रस्ताव स्वीकार गर्न सकिनन् । यो कुरामा नसिम र सोहराबबीच केही खटपट पनि भएको थियो ।
सन् १९४७ मा विभाजनपछि नसिम श्रीमानसँग पाकिस्तान गइन्
नसिम बानुले आफ्नो बाल्यकालका साथी मियां अहसान–उल हमसँग विवाह गरेकी थिइन् जसले ताज महल पिक्चर्स ब्यानरको सुरुवात गरेका थिए । यो ब्यानरअन्तर्गत नसिम र उनका श्रीमानले थुप्रै फिल्मको निर्माण गरेका थिए । सन् १९४७ मा विभाजनपछि दुबै पाकिस्तान गए तर नसिम आफ्ना दुई बच्चालाई लिएर त्यहाँबाट भारत फर्किइन् ।
छोरीका लागि छोडिन् आफ्नो फिल्मी करियर
फिल्म ‘अजिब लड्की’ नसिम बानुको अन्तिम फिल्म थियो । यो फिल्मपछि नसिमले आफ्नो अभिनय करियरलाई बाइबाइ भनिन् । यो त्यहि समय थियो जब उनकी छोरी सायरा बानो फिल्मी पर्दामा देखिने तयारीमा थिइन् । नसिम आफ्नी छोरीको तुलना उनीसँग होस् भन्ने चाहन्थिनन्, त्यसैले पनि उनले फिल्मबाट सन्यास लिएको बताइन्छ ।
छोरी सायराको फिल्मका लागि लुगा पनि डिजाइन गरिन्
त्यसपछि नसिमले फेसन डिजाइनरको रुपमा काम गरिन् र आफ्नी छोरीको थुप्रै फिल्मका लागि उनले ड्रेस पनि डिजाइन गरिन् । एक रिपोर्टका अनुसार सायरा बानो र दिलिप कुमारको विवाहमा नसिमको ठूलो भूमिका थियो पनि भनिन्छ । अन्ततः १८ जून सन् २००२ मा ८५ वर्षको उमेरमा नसिमले अन्तिम सास फेरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण