कृषि वस्तुका लागि न्यूनतम मूल्य र बजारको व्यवस्था मिलाउन चौधरीको माग

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले कृषि वस्तुको न्यूनतम मूल्य र बजारको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेक छन् । सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले नेपाललाई आत्मनिर्भर बनाउने हो भने सरकारले कृषि बस्तुको बजार र त्यसको न्यूनतम मूल्य तोकेर अघि बढनुको विकल्प नरहेको समेत बताए । प्रमुख सचेतक चौंधरीले किसानहरुले न्यूनतम मूल्य समेत नपाएपछि पछिल्लो समय कालिमाटी बजारमा टमाटरलगायतका तरकारी फ्याँक्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उनीहरुलाई हतोत्साही हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
‘चाहेका बेला किसानहरुले मल, बीउ पाउँदैनन् । त्यसको बाबजुद पनि उत्पादन गर्छन् । न बजारको ग्यारेन्टी छ न मूल्यको ग्यारेन्टी । तर पनि उत्पादन गरिरहेकै छन् । पछिल्लो समय कालिमाटी मूलगेटमा टमाटर लगायतका तरकारी फालेर किसानहरुले विरोध गरेका छन्’ उनले भने, ‘किसानहरु आफ्नो पेशामा हतोत्साहि छन् । यदि नेपाललाई
आत्मनिर्भर बनाउने हो भने कृषि वस्तुका लागि बजारको ग्यारेन्टी गर्ने कुरा र मिनिमम सपोर्ट प्राइज कन्फर्म गर्ने कुरा गरोस् भनि सरकार र सम्बन्धित मन्त्रालयसँग माग गर्दछु ।’ प्रमुख सचेतक चौधरीले किसानहरुलाई मल,बीउलगायतका आवश्यक बस्तुको व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट ‘अवैध’ तरिकाले ल्याइएको माओवादीको आरोप
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
रास्वपामा विभागीय प्रमुख हेरफेर, नीति तथा विचार प्रमुखमा वाग्ले
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालय नै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा