कृषि वस्तुका लागि न्यूनतम मूल्य र बजारको व्यवस्था मिलाउन चौधरीको माग
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले कृषि वस्तुको न्यूनतम मूल्य र बजारको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेक छन् । सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले नेपाललाई आत्मनिर्भर बनाउने हो भने सरकारले कृषि बस्तुको बजार र त्यसको न्यूनतम मूल्य तोकेर अघि बढनुको विकल्प नरहेको समेत बताए । प्रमुख सचेतक चौंधरीले किसानहरुले न्यूनतम मूल्य समेत नपाएपछि पछिल्लो समय कालिमाटी बजारमा टमाटरलगायतका तरकारी फ्याँक्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उनीहरुलाई हतोत्साही हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
‘चाहेका बेला किसानहरुले मल, बीउ पाउँदैनन् । त्यसको बाबजुद पनि उत्पादन गर्छन् । न बजारको ग्यारेन्टी छ न मूल्यको ग्यारेन्टी । तर पनि उत्पादन गरिरहेकै छन् । पछिल्लो समय कालिमाटी मूलगेटमा टमाटर लगायतका तरकारी फालेर किसानहरुले विरोध गरेका छन्’ उनले भने, ‘किसानहरु आफ्नो पेशामा हतोत्साहि छन् । यदि नेपाललाई
आत्मनिर्भर बनाउने हो भने कृषि वस्तुका लागि बजारको ग्यारेन्टी गर्ने कुरा र मिनिमम सपोर्ट प्राइज कन्फर्म गर्ने कुरा गरोस् भनि सरकार र सम्बन्धित मन्त्रालयसँग माग गर्दछु ।’ प्रमुख सचेतक चौधरीले किसानहरुलाई मल,बीउलगायतका आवश्यक बस्तुको व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण