थोरै प्रकाशमा पनि सप्रन्छन् यी बोटबिरुवा, घरभित्र लगाउँदा हावा शुद्ध हुने
घर बाहिर थुप्रै बिरुवा राम्रोसँग हुर्कन्छन् तर घर भित्र हरियाली कायम राख्न मुस्किल हुन्छ । किनभने कुनै पनि प्लान्टलाई हरा–भरा राख्नका लागि सूर्यको प्रकाश आवश्यक हुन्छ । यस्तोमा धेरै मानिसको घरभित्र प्लान्ट्स लगाउने इच्छा अधुरो रहन्छ । तर यस्ता केही प्लान्ट्स पनि छन् जुन घामको किरण बिना पनि राम्रोसँग हुर्कन्छन् । यिनीहरूलाई लो लाइट प्लान्ट्सको नामले पनि चिनिन्छ । यी बोटबिरुवालाई तपाईं आफ्नो घर भित्रका कम प्रकाश भएको स्थानमा पनि लगाउन सक्नुहुन्छ । फोर्ब्स डटकमले यहाँ यस्ता केही प्लान्ट्सबारे जानकारी दिएको छ जसलाई कम प्रकाश भएको स्थानमा लगाउन सकिन्छ ।
चाइनिज एभरग्रीन प्लान्ट
यो प्लान्टलाई एग्लोनेमाको नामले पनि चिनिन्छ । यसलाई सूर्यको किरण खासै चाहिँदैन । यद्यपि, यसमा क्लोरिनयुक्त पानी भने हाल्नुहुँदैन नभए यो सुक्न सक्छ । यो पानीलाई अलि बढी तापक्रम चाहिन्छ । यसलाई घरभित्र पनि लगाउन सकिन्छ ।
कास्ट आइरन प्लान्ट
यो चमत्कारिक प्लान्टलाई यसको आफ्नै गुणका कारण यस्तो नाम दिइएको हो । यदि तपाईंलाई बोटबिरुवाको राम्रो अनुभव छ भने तपाईंले यो प्लान्ट लगाउन सक्नुहुन्छ । यसलाई खासै धेरै हेरविचार पनि चाहिँदैन । यो प्रकाश बिना पनि राम्रोसँग हुर्कन सक्छ ।
सिंगोनियम प्लान्ट
यो प्लान्टलाई एरोहेड पनि भनिन्छ । यो बिरुवालाई तपाईं कटिङ गरेर राम्रोसँग लगाउन सक्नुहुन्छ । यसले भरपुर मात्रामा अक्सिजन दिन्छ र हावालाई पनि शुद्ध बनाउँछ । तपाईं यसलाई माटो वा पानी दुबैमा हुर्काउन सक्नुहुन्छ । यसको सानो बोट तपाईं बोतल वा अरू कुनै गमलामा लगाउन सक्नुहुन्छ ।
स्नेक प्लान्ट
हावालाई शुद्ध गर्नका लागि स्नेक प्लान्टलाई उत्कृष्ट प्लान्ट मानिन्छ । यसलाई तपाईं माटो वा पानी दुबैमा लगाउन सक्नुहुन्छ । यद्यपि, यसलाई सधैँ पानी दिइरहनु पर्दैन । यसलाई तपाईंले आफूले चाहेको स्थान, आफ्नो बेडरुम र लिभिङ रुममा राख्न सक्नुहुन्छ ।
फिलोडेन्ड्रोन प्लान्ट
यो प्लान्ट हावालाई शुद्ध राख्न निकै उपयोगी मानिन्छ । यो फिलोडेन्ड्रोन प्लान्टका थुप्रै प्रकार हुन्छन् । जब यो प्लान्ट बढ्न थाल्छ तब यसलाई सहाराको आवश्यकता पर्छ, त्यसैले तपाईंले गमलामा कुनै लट्ठी राख्न सक्नुहुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण