लुम्बिनी प्रदेशमा विपद्पूर्वको तयारी के छ ?
बुटवल । हरेक वर्षझैँ यस वर्ष पनि मनसुन भित्रिएसँगै बाढी र पहिरोले नेपालका विभिन्न ठाउँमा क्षति पु¥याउन थालेको छ ।
लुम्बिनी प्रदेशमा अबको एक दुई दिनपछि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ६ वटा जिल्ला पहाड र ६ वटा जिल्ला तराईमा पर्दछन् । भौगोलिक अवस्थासँगै बर्खा लागेपछि तराईमा बाढी र पहाडमा पहिरोको डर हुन्छ ।
लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७६/०७७ मा पहिरोबाट २५ जना र हावाहुरीले ४ जनाको मृत्यु भएको थियो ।
उक्त वर्ष बाढीका कारणले मानवीय क्षति नभए पनि आर्थिक वर्ष २०७७/०८८ मा बाढीका कारण २० जनाको मृत्यु भएको प्रदेशको आन्तरिक मामिला मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । सोही आर्थिक वर्ष लुम्बिनीमा पहिरोबाट १३६ जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा ६८ वटा पहिरोका घटनामा परि ९ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए ।

प्रहरी कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको असार ३ गतेसम्म प्रदेशका विभिन्न जिल्लामा २१ वटा ठुलो पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी कृष्ण बहादुर पल्लीले विपद् व्यवस्थापनका लागि आवश्यकता पर्दा छिटो उद्धार गर्न मातहतका प्रहरी युनिटलाई निर्देशन दिएको बताए ।
स्थानीय तह तथा अन्य सरोकारवाला पक्षसँगको समन्वयमा प्रहरीले विपद्को समयमा काम गर्ने उनको भनाइ छ ।
लुम्बिनी प्रदेशको आन्तरिक मामिला विपद् व्यवस्थापन महाशाखा प्रमुख यमबहादुर कुँवरले असार ६ गते (बुधबार) विपद् समितिको बैठक राख्ने तयारी भएको बताए ।
उक्त बैठकको अध्यक्षता आन्तरिक मामिला मन्त्री सन्तोष पाण्डेयले गर्नेछन् । मन्त्रालयले विपद्का सामग्रीहरू खरिदका लागि १ करोडमा टेन्डर गरी प्रक्रिया अगाडि बढाएको छ ।
सोही अनुसार असार १० भित्र विपद्को बेला चाहिने टेन्ट, कम्बल आदि सामान ल्याइने मन्त्रालयले जनाएको छ । मन्त्रालयले विपद् व्यवस्थापनका लागि विभिन्न उपकरण प्रहरीलाई प्रदान गर्ने तयारी गरेको छ ।
महाशाखा प्रमुख कुँवरले भने, ‘विपद्मा परेका नागरिकहरूलाई तत्काल चाहिने टेन्ट, कम्बल आदि हामीले प्रदान गर्नेछौँ, खानाको व्यवस्था सम्बन्धित स्थानीय तह र जिल्लाले गर्नेछ ।’
प्रदेशमा विपदमा परेकाहरुको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खट्ने गरी तयारी अवस्थामा राखिएको छ । मन्त्रालयले विपद्का बारेमा १२ वटै जिल्लामा घटनाको विवरण संकलन गरिरहेको र कतै केही विपद् आएमा उद्धारका लागि निर्देशन दिने कुँवरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
-
धनुषामा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ
-
नवलपरासीमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते
-
७ वर्षभित्र नेपालको अर्थतन्त्र १०० खर्बको बनाउने सरकारको लक्ष्य: अर्थमन्त्री
-
संयमित र आक्रामक अर्जेन्टिनाविरुद्ध उत्साहित र रक्षात्मक इजिप्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण