एनआरएनए युएईको निर्वाचन संयोजकमा रमेश चयन
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युएईको राष्ट्रिय समन्वय परिषद् बैठकले सर्वसम्मतले निर्वाचन समिति गठन गरेको छ ।
आगामी २०२३–२५ कार्यकालको निर्वाचनको लागि निर्वाचन समितिको संयोजकमा सङ्घका पूर्व अध्यक्ष एवं हालका प्रमुख संरक्षक रमेश श्रेष्ठलाई नियुक्ति गरिएको हो ।
समितिका अन्य सदस्यहरूमा एनआरएनए युएईका पूर्व अध्यक्ष सुदीप कार्की र एनआरएनए युएईका पूर्व महासचिव एवं बोर्ड मेम्बर कृष्ण पौडेल रहेका छन् ।
उक्त निर्वाचन समिति गठन गरेर एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुङ्गाना र महासचिव दीपक खड्काले निर्वाचन प्रमुख रमेश श्रेष्ठलाई पत्र हस्तान्तरण गरे ।
अध्यक्ष ढुङ्गानाले एनसिसि बैठकले सङ्घको २०२३–२५ कार्यकालको अधिवेशनका लागि निर्वाचन समिति गठन गरिएको बताए ।
सङ्घका अध्यक्ष ढुङ्गानाको अध्यक्षतामा आइतबार दुबईको अल रायन होटेलमा बसेको उक्त बैठकले सदस्यता आवेदनको अन्तिम मिति जुन २६ सम्म निर्धारण गरेको छ । यसैगरी सङ्घको अधिवेशन र सङ्घको २०२३–२५ को कार्यसमितिको निर्वाचनको मिति छिट्टै घोषणा गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण