जाल्पा सामुदायिक लघुवित्तले बोनस सेयर जारी गर्ने
दाङ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड २८ लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने भएको छ । लघुवित्तको सोमवार बुटवलमा सम्पन्न चौथो साधारण सभाले २०७९ असार मसान्त सम्ममा कायम रहेको चुक्ता पुँजी १६ करोडको १४.२५ प्रतिशत अर्थात २ करोड २८ लाख बराबरको बोनस सेयर जारी गर्ने निर्णय गरेको हो ।
बोनस शेयर वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि २०७९ असार मसान्तमा कायम रहेको चुक्ता पुँजी १६ करोड रुपैयाँको शून्य दशमलव ७५.१२ लाख रुपैयाँ लाभांश सेयर धनीलाई वितरण गर्ने निर्णय पनि गरेको छ । साधारण सभा पश्चात् संस्थाको चुक्ता पुँजी १८ करोड २८ लाख रहेको छ ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष वीर बहादुर अधिकारीको अध्यक्षतामा भएको साधारण सभाले नेपाल राष्ट्र बैकबाट इजाजत पत्रप्राप्त “घ” वर्गको अन्य लघुवित्त वित्तीय संस्थाहरूसँग गाभ्ने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धमा आवश्यक कार्य गर्ने निर्णय गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत विमला योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत अशोक कुमार आचार्यले गरेका थिए ।
‘स्वच्छ लघुवित्त हाम्रो अभियान, घर–घरमा उद्यम फैलाउ गरिबीलाई शून्य बनाउ, जल्पा सामुदायिकको लघुवित्तीय आधार सशक्तीकरण र स्वरोजगारीको पूर्वाधार’ भन्ने मूल नाराकासाथ बुटवलमा केन्द्रीय कार्यालय रहेर जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडले सेवा दिइरहेको छ ।
संस्थाले सामूहिक जमानीमा बिना धितो कर्जा सेवा, धितो कर्जा सेवा, सदस्य सुरक्षण कार्यक्रम, ग्रामीण कर्जा÷पशु बिमा कार्यक्रम सेवा, एस.एम.एस र ट्याब बैङ्किङ सेवा, रेमिट्यान्स सेवा, बिउ बिजन/फलफूलका बिरुवा वितरण कार्यक्रम, सदस्य क्षमता अभिवृद्धि/व्यवसायिक तालिम, सदस्य सम्मान तथा प्रोत्साहन, वित्तीय साक्षरता कार्यक्रम, उद्यम विकास कार्यक्रममार्फत सेवाहरू प्रदान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
-
धनुषामा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ
-
नवलपरासीमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते
-
७ वर्षभित्र नेपालको अर्थतन्त्र १०० खर्बको बनाउने सरकारको लक्ष्य: अर्थमन्त्री
-
संयमित र आक्रामक अर्जेन्टिनाविरुद्ध उत्साहित र रक्षात्मक इजिप्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण