सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

यूएईमा समस्यामा परेका १४ नेपाली श्रमिकहरू स्वदेश फर्किए

बुधबार, ०६ असार २०८०, १२ : ०५
बुधबार, ०६ असार २०८०

काठमाडौँ । यूएईमा समस्यामा परेका १४ जना नेपाली श्रमिकको उद्धार गरी नेपाल फर्काइएको छ । दुबईस्थित गैरआवासीय मधेसी संघ युएई (एनआरएमए) को पहलमा उनीहरूलाई उद्धार गरी नेपाल पठाइएको हो । लामो समयदेखि समस्यामा परेर घर फर्किन नपाएका उनीहरूको उद्धार गरी नेपाल फर्काइएको संघका कोषाध्यक्ष सदाम अन्सारीले जानकारी दिए ।

यूएईमा कार्यरत उनीहरूमध्ये कोही २ वर्षे करार अवधि सकिएर पुनः भिसा रिन्यु गर्न नपाएका, काम नपाएर समस्यामा परेका, कम्पनीले खान र बस्न समेत नदिएर समस्यामा परेकाहरूलाई उद्धार गरी नेपाल फर्काइएको हो । त्यसरी अलपत्र परेकाहरुलाई एयर अरेबियाको फ्लाइटबाट स्वदेश पठाइएको हो । अलपत्र पर्नेहरूमा सप्तरी, सिरहा, रौतहट र जुम्लाका छन् । समस्यामा पर्नेहरूमा सप्तरीका अर्जुन सदा, सुनसरीका अजित कुमार मेहता, रौतहटका इजामनन हक शेख, जुम्लाका कृष्ण नेपाली लगायत १४ जना रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप