यूएईमा समस्यामा परेका १४ नेपाली श्रमिकहरू स्वदेश फर्किए
काठमाडौँ । यूएईमा समस्यामा परेका १४ जना नेपाली श्रमिकको उद्धार गरी नेपाल फर्काइएको छ । दुबईस्थित गैरआवासीय मधेसी संघ युएई (एनआरएमए) को पहलमा उनीहरूलाई उद्धार गरी नेपाल पठाइएको हो । लामो समयदेखि समस्यामा परेर घर फर्किन नपाएका उनीहरूको उद्धार गरी नेपाल फर्काइएको संघका कोषाध्यक्ष सदाम अन्सारीले जानकारी दिए ।
यूएईमा कार्यरत उनीहरूमध्ये कोही २ वर्षे करार अवधि सकिएर पुनः भिसा रिन्यु गर्न नपाएका, काम नपाएर समस्यामा परेका, कम्पनीले खान र बस्न समेत नदिएर समस्यामा परेकाहरूलाई उद्धार गरी नेपाल फर्काइएको हो । त्यसरी अलपत्र परेकाहरुलाई एयर अरेबियाको फ्लाइटबाट स्वदेश पठाइएको हो । अलपत्र पर्नेहरूमा सप्तरी, सिरहा, रौतहट र जुम्लाका छन् । समस्यामा पर्नेहरूमा सप्तरीका अर्जुन सदा, सुनसरीका अजित कुमार मेहता, रौतहटका इजामनन हक शेख, जुम्लाका कृष्ण नेपाली लगायत १४ जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण