एसियाडका लागि स्क्वास खेलाडी छानिए
काठमाडौं । चीनको होङ्झाउमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि बुधबार स्क्वास खेलका खेलाडी छनोट भएका छन् । नेपाल स्क्वास राकेट्स संघले छनोट प्रतियोगिता आयोजना गरी एसियाली खेलकुदका लागि खेलाडी चयन गरेको हो ।
संघका अनुसार, राउन्ड रोविन लिगका आधारमा छनोट प्रतियोगिता सञ्चालन गरिएको थियो । छनोट प्रतियोगिताबाट एसियाली खेलकुदका लागि तीन पुरुष र तीनजना महिला खेलाडी चयन भएका हुन् । पुरुषतर्फ अरहन्तकेशर सिम्ह, अमृत थापामगर र अमिर ब्ह्लोन एसियाली खेलकुदका लागि छनोट भएका छन् ।
यसैगरी महिलातर्फ विपना ब्ह्लोन, कृष्णा थापा र स्वस्थानी श्रेष्ठ एसियाली खेलकुदका लागि छनोट भएको संघले जनाएको छ । एसियाली खेलकुदमा सहभागी हुने स्क्वास टोलीको प्रशिक्षकमा हिराबहादुर थापा र ब्यवस्थापकमा किशोरकुमार महर्जन रहेका छन् । १९औं एसियाली खेलकुद आगामी सेप्टेम्बर २३ देखि अक्टुबर ८ तारिखसम्म आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण