हुन्डाईका विद्युतीय गाडी किन्न सस्तो ब्याजदर योजना सार्वजनिक
काठमाडौँ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन KONA र IONIQ 5 को खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ ।
दिगोपन र पर्यावरण-मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतामा हुण्डाईले प्रभु बैंक लिमिटेडसँग साझेदारी गरि एस्तो योजना ल्याएको हो। यस योजना अन्तर्गत इच्छुक खरिद कर्ताहरूले ९.९९ % ब्याजदरमा (पहिलो बर्ष को लागि) Hyundai KONA र IONIQ 5 खरिद गर्न सक्नेछन्। बैंकको ३०१ वटै शाखा बाट छिटो छरितो र सहज ढंगबाट खरिदकर्तालाई यो सेवा उपलब्ध हुनेछ।
विद्युतीय सवारीसाधनमा बढ्दो चासोको गहिरो बुझाइका साथ, कम्पनीले Hyundai KONA र IONIQ 5 लक्षितगरी यो अफर ल्याएको जनाइएको छ ।
Hyundai KONA र IONIQ 5 नेपालमा धेरै रुचाएको विद्युतीय गाडी हुन् र यी दुबै ईभीले ग्राहकको मन जित्न सफल भएका छन्। आफ्नो उत्कृष्ट डिजाइन, पर्फोरमंस र विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ । Hyundai KONA ३ वटा भेरियन्टमा उपलप्ध छ । KONA NS को मूल्य रु.६०,९६,०००, GL- ६१,९६,००० र GLS भेरियन्टको र ६४,९६,००० रहेको छ । साथै, IONIQ 5 GLS Vision roof भेरियन्ट १०,२९६,००० को मूल्यमा उपलप्ध छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १७ शोरुम तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । साथै ईभी चार्जिङ गर्नका लागि ४० भन्दा बदी स्थानहरूमा चार्जिङ पोइन्ट स्थापना गरी सेवा दिदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस संसदीय दलको बैठक सुरु
-
अनुसन्धान गर्ने विभागीय मन्त्रालयकै नेतृत्व गरेका रवि लामिछाने अन्यत्रबाट किन खोजिरहेका छन् ‘क्लिन चिट’ ?
-
लगातार ४९औँ खेलमा अपराजित रहँदै बायर लेभरकुजन युरोपा लिगको फाइनलमा
-
आमाबाबु बन्दै जस्टिन र हेली
-
वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे
-
भरतपुर महानगरमा पनि चल्यो ब्रुमर