विद्यार्थीलाई सार्वजनिक यातायात भाडामा ४५ प्रतिशत छुट नदिइएको भन्दै प्रदर्शन
वीरगंज । प्रभु साह नेतृत्वको आमजनता पार्टी निकट आम विद्यार्थी मोर्चाले सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट नदिइएको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
बुधबार दर्जनौंको संख्यामा गएका विद्यार्थीहरुले वीरगंजमा जुलुस प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट दिने व्यवस्था काठमाडौंमा मात्र सीमित भएको विद्यार्थीहरुको आरोप छ ।
कलैया, जितपुर लगायत दर्जनौं स्थानबाट अध्ययनका लागि सार्वजनिक यातायातमा दैनिक आउने विद्यार्थीलाई नियमानुसार भाडामा ४५ प्रतिशत छुट दिइनुपर्ने मोर्चाले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
आम विद्यार्थीका केन्द्रीय इञ्चार्ज उमेश कुशवाहाको नेतृत्वमा गएको विद्यार्थी टोलीमा केन्द्रीय अध्यक्ष विवेक साह, मधेस प्रदेश इन्चार्ज विकास झा, मधेस प्रदेश सहइन्चार्ज दिपेन्द्र साह तथा प्रदेश अध्यक्ष राकेश बैठा लगायत पर्सा, बारा, रौतहटका दर्जनौं विद्यार्थीको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण