सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
विकास निर्माण

झुम्सा–चरङ्गे सडक निर्माण सुस्त, अध्ययनबिना काम थाल्दा समस्या

बिहीबार, ०७ असार २०८०, ०६ : २०
बिहीबार, ०७ असार २०८०

बुटवल । लुम्बिनी प्रदेश सरकारले उच्च महत्त्व दिएको झुम्सा–चरङ्गे सडकखण्ड निर्माणको काम सुस्त गतिमा अघि बढिरहेको छ । सिद्धबाबा सडकखण्डको वैकल्पिक मार्गको रूपमा प्रदेश सरकारले २०७६ सालबाट यो सडक निर्माण थालेको हो । महाभारत शृङ्खला र चुरे पहाडमा भौगोलिक सम्भाव्यता अध्ययनबिना नै झुम्सा–चरङ्गे सडक निर्माण सुरु गर्दा यतिबेला समस्या देखिएको हो ।

उकालो ठाउँमा फुस्रो माटो भएका कारण बर्खामा सडकको ट्रयाक पटक पटक पहिरोले भत्काइदिने गरेको छ । खासगरी रुपन्देहीको देवदह क्षेत्रमा यस्तो समस्या धेरै आएको रुपन्देही सडक पूर्वाधार कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५-०७६ मा प्रदेश सरकारले यो सडकका लागि १० करोड रुपैयाँ छुट्याएको थियो ।

प्रदेश सरकारको आयोजना भए पनि अहिले पाल्पा सडक पूर्वाधार कार्यालय र रुपन्देही सडक पूर्वाधार कार्यालयले आ–आफ्नो क्षेत्रमा पर्ने सडक हेरिरहेको लुम्बिनी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता इन्जिनियर भीमार्जुन पाण्डेयले रातोपाटीलाई बताए । सडकको अहिले ट्रयाक खोल्ने काम सकिएको छ ।

रुपन्देही सडक पूर्वाधार कार्यालयले हालसम्म आफ्नो क्षेत्रमा सडक, पुल, कल्भर्ट निर्माणका क्रममा २१ करोड रुपैयाँ खर्च भएको जनाएको छ । यो सडक खण्डमा ६ किलोमिटर पिच भएको छ ।

सडक पूर्वाधार कार्यालय पाल्पाका प्रमुख अरुणकुमार गुप्ताका अनुसार पाल्पातर्फ पर्ने ८ किलोमिटर खण्डमा पुल, कल्भर्ट र सडक ग्राभेल गर्दासम्म ११ करोडभन्दा धेरै रुपैयाँ खर्च भएको छ । यहाँ तीन वटा पुलमध्ये २ वटा पुल बनेका छन् । सडक ६ किलोमिटर ग्राभेल र ३ किलोमिटर पक्की भएको छ ।

कार्यालयका इन्जिनियर हितेन्द्र रायमाझीले मुढाबास खण्डमा यो वर्षबाट बल्ल स्थायी संरचना निर्माणको काम सुरुवात हुने बताए । उनले भने, ‘यहाँ मुख्य समस्या पहिरो नै देखिएको छ । अरू कुनै समस्या छैन, केही ठाउँमा अहिले ठेक्का लगाइँदै छ । पहिरोका कारण नै निर्माणमा ढिला भएको हो ।’

सडक पूर्वाधार कार्यालय पाल्पाका प्रमुख अरुणकुमार गुप्ताका अनुसार पाल्पातर्फ पर्ने ८ किलोमिटर खण्डमा पुल, कल्भर्ट र सडक ग्राभेल गर्दासम्म ११ करोडभन्दा धेरै रुपैयाँ खर्च भएको छ । यहाँ तीन वटा पुलमध्ये २ वटा पुल बनेका छन् । सडक ६ किलोमिटर ग्राभेल र ३ किलोमिटर पक्की भएको छ ।

11111111

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकार छुट्याएको बजेटमध्ये पाल्पा खण्डका लागि झन्डै ३ करोड परेको छ । तर त्यसको आधिकारिक जानकारी अझै नआएको इन्जिनियर गुप्ताले रातोपाटीलाई बताए ।

उनले भने, ‘हामीले काम राम्रो गरेका छौं, गत आर्थिक वर्षमा भने बजेट कम भएका कारण धेरै प्रगति भएन तर चरङ्गेदेखि माथि आठ किलोमिटर सडक भने राम्रो छ । अब समस्या भनेको साढे चार किलोमिटरको हो, त्यसमा अहिले बजेट आएपछि काम हुन्छ ।’

अध्ययन बिनाको कामले ढिला

यो सडक हतारमा निर्माण सुरु भएको देखिन्छ । सुरुमा अध्ययन बिना काम गर्दा रुपन्देही साइट पर्ने देवदहको मुढाबास आसपास समस्या देखिएको छ ।

उकालो ठाउँमा खस्रो माटोका कारण सडक निर्माण गर्दा पहिरोको समस्या देखिएको छ । रुपन्देही सडक पूर्वाधार कार्यालयका इन्जिनियर हितेन्द्र रायमाझीले यो सडकमा चुरे क्षेत्रको सम्भाव्यता अध्ययन बिना खन्दा पटकपटक पहिरोको समस्या आएको बताए ।

भूगर्भविद्को सुझावका कारण मुढाबास खण्डको साढे चार किलोमिटर स्थायी संरचना निर्माण कार्य रोकिएको थियो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रको सडक भएर पाल्पा, गुल्मी अर्घाखाँची, स्याङ्जा, पर्वत, बागलुङ, कास्की लगायतका जिल्लामा जाने सवारी गुड्छन् ।

महाभारत शृङ्ला र चुरे पहाडमा सडक निर्माणका क्रममा सम्भाव्यता अध्ययनबिना राजनीतिक दाउपेचको आधारमा एकाएक सडक निर्माण सुरु गरिए पनि कमजोर भूबनोटका कारण समस्या देखिएको जानकारहरू बताउँछन् । 

सिद्धबाबा सडकको वैकल्पिक मार्गको रूपमा चित्रण गरिएको चरङ्गे–झुम्सा सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई सास्ती भएको छ ।

4444444444444

सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रको सडक भएर पाल्पा, गुल्मी अर्घाखाँची, स्याङ्जा, पर्वत, बागलुङ, कास्की लगायतका जिल्लामा जाने सवारी गुड्छन् ।

यो राजमार्ग क्षेत्रमा सबैभन्दा बढी जोखिमको ठाउँ सिद्धबाबा क्षेत्र रहेकाले त्यसबाट जाने सवारीहरूलाई चरङ्गेवाट झुम्सा निकाल्दा सहज हुने र दुरी पनि कम पर्ने भएकाले वैकल्पिक मार्गका रुपमा यो सडक निर्माण सुरु गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप