बैंकमा तरलता थुप्रियो, १० अर्ब झिक्दै राष्ट्र बैंक
काठमाडौँ । केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा ३ खर्ब भन्दा बढी लगानी योग्य पुँजी (तरलता) थुप्रिएपछि बैंकले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्न लागेको हो । बैंकका अनुसार आज ७ दिनका लागि रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ प्रशोचन गर्न खोजिएको हो ।
बजारमा तरलता अभाव हुँदा केन्द्रीय बैंकले रिपोमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई पैसा सापटी दिन्छ भने बजारमा अधिक तरलता हुँदा रिभर्स रिपोमार्फत पैसा प्रशोचन गर्ने गर्छ ।
पछिल्लो पटक केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ प्रशोचन गर्दै गर्दा बजारमा तरलता थुप्रिएको सहजै अनुमान गर्न सकिन्छ । उसो त तरलता सहज भएसँगै यता अन्तर बैंकदर समेत घटेर ४.०१ प्रतिशतमा झरेको छ । मौद्रिक नीतिको समीक्षाले बैंक दर ७ प्रतिशतमा झारेसँगै अन्तरबैंक ब्याजदर समेत ४ प्रतिशत हारहारी आइपुगेको छ । त्यसपछि बैंकले रिफर्स रिपोमार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट तरलता प्रशोचन शुरु गरेको हो ।
राष्ट्र बैंककाअनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा ५५ खर्ब ६७ अर्ब भन्दा बढी निक्षेप जम्मा हुँदा ४८ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको मात्र लगानी हुन सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण