शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

बैंकमा तरलता थुप्रियो, १० अर्ब झिक्दै राष्ट्र बैंक

बिहीबार, ०७ असार २०८०, ११ : ५६
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा ३ खर्ब भन्दा बढी लगानी योग्य पुँजी (तरलता) थुप्रिएपछि बैंकले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्न लागेको हो ।  बैंकका अनुसार आज ७ दिनका लागि रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ प्रशोचन गर्न खोजिएको हो ।
बजारमा तरलता अभाव हुँदा केन्द्रीय बैंकले रिपोमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई पैसा सापटी दिन्छ भने बजारमा अधिक तरलता हुँदा रिभर्स रिपोमार्फत पैसा प्रशोचन गर्ने गर्छ । 

पछिल्लो पटक केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ प्रशोचन गर्दै गर्दा बजारमा तरलता थुप्रिएको सहजै अनुमान गर्न सकिन्छ । उसो त तरलता सहज भएसँगै यता अन्तर बैंकदर समेत घटेर ४.०१ प्रतिशतमा झरेको छ ।  मौद्रिक नीतिको समीक्षाले बैंक दर ७ प्रतिशतमा झारेसँगै अन्तरबैंक ब्याजदर समेत ४ प्रतिशत हारहारी आइपुगेको छ । त्यसपछि बैंकले रिफर्स रिपोमार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट तरलता प्रशोचन शुरु गरेको हो । 

राष्ट्र बैंककाअनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा ५५ खर्ब ६७ अर्ब भन्दा बढी निक्षेप जम्मा हुँदा ४८ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको मात्र लगानी हुन सकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप