र्यापर गिरिस खतिवडाको क्याफेमा युवकको मृत्यु, कर्तव्य ज्यानको उजुरी
विराटनगर । र्यापर गिरिस खतिवडाले सञ्चालन गरेको विराटनगरको एक क्याफेमा एक युवकको मृत्यु भएको छ । र्यापर खतिवडाको ‘जी क्याफे एन्ड बिस्त्रो’ मा मोरङ धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्दै आएका कासीद अन्सारीको मृत्यु भएको हो ।
अन्सारीले क्याफेमा नियमित मासु बेच्न लैजाने गरेका थिए । असार ३ गते बिहान खतिवडाको क्याफेमा मासु दिए बापत ४० हजार रुपैयाँ लिन अन्सारी क्याफे पुगेका थिए । मृतकका भाइ मासिदले मासु बिक्री गरेको पैसा माग्न जाँदा आफ्ना दाजुको हत्या भएको आरोप लगाएका छन् ।
मृतकका परिवारले अन्सारीको योजनाबद्ध हत्या भएकाले आफूहरूले सो क्याफे सञ्चालक खतिवडा र कर्मचारीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएको बताए ।
अन्सारीले जिल्ला प्रहरी कार्यालय मोरङमा क्याफे सञ्चालक विराटनगर महानगरपालिका ८ का गिरीश खतिवडा, क्याफेमा काम गर्ने जहदा गाउँपालिका ३ का करण राजवंशी र विराटनगर महानगरपालिका १६ बस्ने अनुराग राउतको नाममा कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका हुन् ।
अन्सारीको देब्रे तिघ्रामा मात्र ३ इन्च लम्बाई र १ इन्च गहिरो काटिएकाले नासा काटिएर मृत्यु भएको बुझिएको छ । मोरङ प्रहरीका प्रवक्ता रञ्जनकुमार दाहालले उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण