सप्तकोशीमा पानीको बहाव बढेपछि जेटबोट बन्द
कटारी । सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुर र सुनसरीको सीमास्थित सप्तकोशीमा सञ्चालित जेटबोट बन्द भएको छ । उदयपुरको बेलका नगरपालिका–८ र सुनसरीको बराहासीमास्थित सप्तकोशीमा १३ वटा जेटबोर्ड सञ्चालनमा थिए ।
वर्षासँगै कोशीमा पानीको बहाव उच्च भएपछि वर्षाभरका लागि जेटबोट बन्द गरिएको कोशी एडभेन्चरका सञ्चालक समितिका सचिव शिव थापाले बताए । “कोशीमा पानी बढेपछि सबै जेटबोट कोशीबाट निकालिसक्यौँ”, थापाले भने, “बोटले पानीको छाल नै काट्न नसक्ने अवस्था भएपछि बोट बन्द गरिएको हो ।”
पानीको बहाव घटेसँगै आगामी असोज महिनादेखि फेरि बोट सञ्चालनमा आउने पनि सचिव थापाले बताउनुभयो । बोटले उदयपुर, सुनसरी, भोजपुर र धनकुटा लगायतका स्थानहरूमा यात्रु ओसारपसार गर्दै आएको थियो ।
बोटले बराहा क्षेत्र, त्रिवेणी, सिम्ले र माईबेनी गरी चारवटा स्थानहरूमा मुख्यगरी आउजाउ गर्ने गरेको थियो । गाडीबाट झन्डै तीन घण्टा समय लाग्ने ठाउँ सिम्लेमा जेटबोटले करिब १५ मिनेटमै पुर्याउने गरेको थियो । बोटका कारण पहाडी जिल्ला भोजपुर र धनकुटा जाने यात्रुहरूलाई सहज थियो । बोटले वर्षा बाहेकका समयमा १५ हजारको हाराहारीमा यात्रुहरूलाई आउजाउ गराउने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला
-
आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु
-
ब्रिटिस स्टिल राष्ट्रियकरण गर्ने बेलायतको निर्णय, चीनले गर्यो विरोध
-
२९ देशले गरे चीनले अघि सारेको विश्व कृत्रिम बुद्धिमत्ता सहयोग सङ्गठन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर
-
पाइलट पक्राउ प्रकरण, बुद्ध एयरले गठन गर्यो छानबिन समिति
-
प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयबिच बढ्यो दुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण