आवश्यकताको आधारमा बजेट विनियोजन भएको छ : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, ०८ असार २०८०, १४ : ४८
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आवश्यकताको आधारमा बजेट विनियोजन भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारले लिएका नीतिगत प्राथमिकता, विभिन्न विषय क्षेत्रको विकासको लागि गर्नुपर्ने लगानी र आवश्यकताका आधारमा बजेट विनियोजन भएको बताएका हुन् । उनले मानव विकासका सुचकांकमा पछाडि परेका कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखी स्रोत र साधनको न्यायपूर्ण विनियोजन गरिएको बताए ।
प्रधानमन्त्री प्रचण्डले राज्यको सम्पूर्ण संरचनालाई समावेशी बनाउँदै समावेशी लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रयत्नशील रहेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण