कृषि विकास बैंकका कर्जाग्राहीले ब्याज छुट पाउने
काठमाडौँ । कृषि विकास बैङ्कबाट कर्जा लिई कारोबार गरिरहेका कर्जा ग्राहकहरूलाई असार मसान्त सम्म बैंकलाई बुझाउनु पर्ने सम्पूर्ण व्याज रकम चुक्ता गरेमा भुक्तानी गरेको व्याज रकममा ७ प्रतिशत छुट हुने भएको छ । यस सम्बन्धी थप जानकारीका लागि बैंकले आफूले कारोबार गरिरहेको बैंकको शाखामा सम्पर्क गर्न समेत आह्वान गरेको छ ।
पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएका विभिन्न समस्याका कारण बैङ्कबाट कर्जा लिई कारोबार गरिरहहेका व्यवसायीहरुको व्यययोग्य आयमा भएको कमीका कारण कर्जा असुलीमा समस्या परेको तथा कर्जा ग्राहकहरूले यस्तो विषम परिस्थितिमा बैंकले प्रदान गरेको छुट सुविधाबाट केही भएपनि राहत महसुस गरुन् भनी बैंकले यो प्याकेज ल्याएको बताएको छ ।
विशेष गरी दुर्गम तथा ग्रामीण इलाकामा बसोबास गर्ने र कृषि पेसामा आबद्ध परिवारमा बैंकको कर्जा बढी लगानी रहेकोले त्यस्ता खालका ग्राहकहरूले यस छुट सुविधाबाट लाभ लिन सक्ने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण