कृषि विकास बैंकका कर्जाग्राहीले ब्याज छुट पाउने

काठमाडौँ । कृषि विकास बैङ्कबाट कर्जा लिई कारोबार गरिरहेका कर्जा ग्राहकहरूलाई असार मसान्त सम्म बैंकलाई बुझाउनु पर्ने सम्पूर्ण व्याज रकम चुक्ता गरेमा भुक्तानी गरेको व्याज रकममा ७ प्रतिशत छुट हुने भएको छ । यस सम्बन्धी थप जानकारीका लागि बैंकले आफूले कारोबार गरिरहेको बैंकको शाखामा सम्पर्क गर्न समेत आह्वान गरेको छ ।
पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएका विभिन्न समस्याका कारण बैङ्कबाट कर्जा लिई कारोबार गरिरहहेका व्यवसायीहरुको व्यययोग्य आयमा भएको कमीका कारण कर्जा असुलीमा समस्या परेको तथा कर्जा ग्राहकहरूले यस्तो विषम परिस्थितिमा बैंकले प्रदान गरेको छुट सुविधाबाट केही भएपनि राहत महसुस गरुन् भनी बैंकले यो प्याकेज ल्याएको बताएको छ ।
विशेष गरी दुर्गम तथा ग्रामीण इलाकामा बसोबास गर्ने र कृषि पेसामा आबद्ध परिवारमा बैंकको कर्जा बढी लगानी रहेकोले त्यस्ता खालका ग्राहकहरूले यस छुट सुविधाबाट लाभ लिन सक्ने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कान्समा डेब्यू गर्दै आलिया
-
नीति तथा कार्यक्रममाथिको छलफल व्यर्थको बहस : उर्मिला अर्याल
-
सरकार भ्रष्ट र बिचौलियाको संरक्षण गर्ने मेरूदण्ड हो : ज्ञानेन्द्र शाही
-
नीति तथा कार्यक्रममा गर्न सकिने कुराहरू लेखिएको छ, यो सान्दर्भिक छ : प्रमुख सचेतक न्यौपाने
-
उदयपुरमा स्कुल बस दुर्घटना, २० जना घाइते
-
नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छैन : स्वास्थ्यमन्त्री पौडेल