कटहरी गाउँपालिकाको बजेट : तुलसी खेती गर्ने किसानलाई प्रतिकट्ठा तीन हजार अनुदान
विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आफ्नो पालिकाभित्र तुलसी खेती गर्ने किसानलाई प्रतिकट्ठा ३ हजार अनुदान दिने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो गाउँपालिकाले तुलसी खेती प्रवर्द्धन गर्ने नीति ल्याएको हो । पालिकाले त्यसको लागि २ लाख १५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यहाँका कृषकले उत्पादन गरेको तुलसीको बोटसहित कटहरी ५ मा रहेको आयुर्वेदिक औषधीको उद्योगले खरिद गर्नेछ । दुई वर्ष अगाडि कटहरीमा उक्त आयुर्वेदिक उद्योग स्थापना भएको थियो । सो उद्योगले बर्सेनि करोडौं मूल्यको तुलसी भारतबाट आयात गर्ने गरेको छ ।
यस्तै गाउँपालिकाले पूर्वाधार, कृषि र स्वास्थ्यलाई प्राथमिकता राखेर आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले ७४ बुँदे नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेका हुन् । गाउँपालिकाले स्थानीय पाठ्यक्रमको निर्माण गरी लागू गर्ने अध्यक्ष चौधरीले बताए ।
यस्तै विद्यालय भौतिक पूर्वाधारको मर्मत सुधारलाई प्राथमिकतामा राख्ने, स्वास्थ्य केन्द्रहरूलाई प्रविधिमैत्री बनाइने, आधारभूत स्वास्थ्य केन्द्रहरूको भवन निर्माण गर्न सङ्घीय तथा प्रदेश सरकारको सहयोग लिने, १५ शय्या अस्पताल निर्माण गर्न कम्तीमा १५ कट्टा जग्गा खोजी गर्ने, भाषा, धर्म, संस्कृति, भेसभुसाहरूको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन तथा उत्थान गर्नका लागि प्राथमिकता दिने जस्ता विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ५५ करोड ४९ लाख ८१ हजार १००रुपैयाँ बराबरको बजेट ल्याएको छ । दोस्रो गाउँ सभाको तेस्रो अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले प्रशासनिक तथा सञ्चालन खर्च १० करोड ७४ लाख ६८ हजार, कार्यक्रम तथा योजना खर्च चालु र पुँजीगत खर्च ४४ करोड ७५ लाख १३ हजार १ सय रुपैयाँ विनियोजन गरेकी हुन् ।
आयतर्फ सङ्घीय सरकारबाट समानीकरण अनुदान १२ करोड ५८ लाख, सङ्घीय सरकारबाट सशर्त अनुदान २१ करोड ९० लाख, सङ्घीय सरकारबाट राजश्व बाँडफाँड ९ करोड १५ लाख ९३ हजार १००, प्रदेश सरकार समानीकरण अनुदान ७९ लाख ५२ हजार, प्रदेश सरकार राजश्व बाँडफाँड ४६ लाख ६५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै प्रदेश सरकार सशर्त अनुदान १ करोड १२ लाख २५ हजार, प्रदेश सरकार समपूरक अनुदान १ करोड, कटहरी गाउँपालिका आन्तरिक राजश्व ५ करोड ११ लाख, सङ्घीय सरकार विशेष अनुदान १ करोड, सङ्घीय सरकार समपूरक अनुदान २ करोड ३५ लाख, वन रोयल्टी १ लाख ४६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । गाउँपालिकाले पूर्वाधार क्षेत्रका ७४ वटा योजनाको लागि ८ करोड ९२ लाख ५१ हजार रकम विनियोजन गरेको छ । यो कूल बजेटको ५१.३६ प्रतिशत हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण