धादिङ र रौतहटमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु
काठमाडौँ । धादिङ र रौतहटमा सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान भएका दुर्घटनामा परेर २ जनाको मृत्यु भएको हो । धादिङको गल्छी गाउँपालिका–७ गल्छीमोडस्थित सडकमा काठमाडौँबाट भारत राजस्थानतर्फ जाँदै गरेको एआर ०६ इ ७०३१ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार भारत राजस्थान बस्ने सिमा पारिककी छोरी १२ वर्षीया कल्पना पारिकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको गल्छीस्थित अम्बिभरोसा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य १९ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै रौतहटको वृन्दावन नगरपालिका–७ धमैरास्थित सडकमा प्र.२.०३–००७ प ६०३३ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६० वर्षीय जादोलाल पासवान रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको गरुडास्थित हेल्थ ल्याण्ड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको गरुडास्थित अनमिका अस्पताल हुँदै थप उपचारको लागि केएमसि अस्पताल काठमाडौं पठाइएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण