दुई तिहाइ महिला कुनै न कुनै स्वास्थ्य समस्याबाट ग्रसित
शुक्रबार, ०८ असार २०८०, १९ : ०६
काठमाडौँ । दुई तिहाइ महिला कुनै न कुनै स्वास्थ्य समस्याबाट ग्रसित हुने गरेको देखिएको छ ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा अनुसार नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका दुई तिहाइ महिलाहरू कुनै न कुनै स्वास्थ्य समस्या भोग्य बाध्य रहेको देखाएको हो ।
स्वास्थ्य सेवामा पहुँच नहुँदा उनीहरू यस्तो समस्या भोग्न बाध्य रहेको सर्वेक्षणले देखाएको छ । आधाभन्दा बढी नेपाली महिला स्वास्थ्य संस्थामा एक्लै जान नचाहने गरेको पाइएको छ । ३७ प्रतिशत महिलाका लागि स्वास्थ्य संस्था टाढा हुनु समस्याको रूपमा देखिएको छ ।
यस्तै १६ प्रतिशत महिलाहरू स्वास्थ्य संस्था जानको लागि अनुमति नदिँदा उपचार गर्न नपाएका पाइएको छ । ३५ प्रतिशत महिलाहरूले उपचारका लागि पैसा नदिँदा उपचार गर्न नगएको बताइएको छ । यस्तै ५५ प्रतिशत महिलाले एक्लै अस्पताल जान नमानेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण