बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दुई तिहाइ महिला कुनै न कुनै स्वास्थ्य समस्याबाट ग्रसित

शुक्रबार, ०८ असार २०८०, १९ : ०६
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । दुई तिहाइ महिला कुनै न कुनै स्वास्थ्य समस्याबाट ग्रसित हुने गरेको देखिएको छ । 

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा अनुसार नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका दुई तिहाइ महिलाहरू कुनै न कुनै स्वास्थ्य समस्या भोग्य बाध्य रहेको देखाएको हो । 

स्वास्थ्य सेवामा पहुँच नहुँदा उनीहरू यस्तो समस्या भोग्न बाध्य रहेको सर्वेक्षणले देखाएको छ । आधाभन्दा बढी नेपाली महिला स्वास्थ्य संस्थामा एक्लै जान नचाहने गरेको पाइएको छ । ३७ प्रतिशत महिलाका लागि स्वास्थ्य संस्था टाढा हुनु समस्याको रूपमा देखिएको छ । 

यस्तै १६ प्रतिशत महिलाहरू स्वास्थ्य संस्था जानको लागि अनुमति नदिँदा उपचार गर्न नपाएका पाइएको छ । ३५ प्रतिशत महिलाहरूले उपचारका लागि पैसा नदिँदा उपचार गर्न नगएको बताइएको छ । यस्तै ५५ प्रतिशत महिलाले एक्लै अस्पताल जान नमानेको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप