बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण सुरु

शुक्रबार, ०८ असार २०८०, १९ : ३४
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण अमेरिकामा सुरु भएको छ । बिहीबार वासिङ्टन डिसी मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ प्रदर्शनसँगै महोत्सव सुरु गरिएको हो ।

महोत्सवमा कलाकार राजेश हमाल विशेष अतिथिको रूपमा उपस्थित थिए । हमालले आफू चलचित्र महोत्सवमा उपस्थित भएर नेपाली डायस्पोरालाई भेट्न पाउँदा खुसी लागेको बताए ।

‘फिल्म फेस्टिभलले नेपाली समुदायलाई जोड्ने माध्यम हो । नेपाली डायस्पोरालाई अनुरोध गर्छु, यसलाई सहयोग गर्नुस्, यसलाई हातेमालो गर्नुस् । किनभने फिल्मले तपाईँको भावना र मतिष्कमा कहिकही सम्बोधन गछ’, हमालले थपे ‘तपाईँको दैनिकी वा जीवनलाई कुनै न कुनै हिसाबबाट सम्बोधन गर्छ, उत्प्रेरणा दिन्छ । त्यसैले यस्तो कलालाई नेपाली डायस्पोराले साथ र सहयोग गर्नुपर्छ ।’  

आइतबारसम्म चल्ने महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसन गरी ११ देशका ३७ चलचित्र प्रदर्शन हुँदैछ । महोत्सव छनोट भएका चलचित्र ओल्ड ग्रिनवेल्ट थिएटरमा पनि प्रदर्शन हुने जनाइएको छ ।

महोत्सवमा निर्देशक सुवर्ण थापाको उपस्थितिमा  ‘द सेक्रेट अफ राधा’ को  विशेष प्रदर्शन हुने आयोजकले जनाएको छ । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । त्यस्तै महोत्सवको दौरानमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल हुनेछ । म्यारिल्याण्ड राज्यको ‘पाक्र्स तथा योजना आयोग’को सहयोगमा उक्त छलफल हुने जनाइएको छ ।

महोत्सवमा अमेरिका बस्दै आएकी पुराना अभिनेत्री ऋचा घिमिरे, अरुणिमा लाम्साल लगायतको समेत सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप