बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चट्याङ लागेर एकैदिन ६ जनाको मृत्यु

आइतबार, १० असार २०८०, १५ : ०८
आइतबार, १० असार २०८०

काठमाडौँ । नेपालमा मनसुन भित्रिएसँगै देशभर वर्षा भइरहेको छ । वर्षासँगै परेको चट्याङ लागेर शनिबार देशका विभिन्न स्थानमा ६ जनाले ज्यान गुमाएका छन् । दाङको दंगीशरण गाउँपालिका–६ बागर बस्ने ३२ वर्षीय समीर केसी र सोही गाउँपालिका(३ चखौरा बस्ने ३७ वर्षीय बिरेन्द्र भन्ने रामनारायण चौधरीको चट्याङ लागेर शनिबार दिउँसो मृत्यु भएको छ । आ-आफ्नै खेतबारीमा काम गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरू दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यता कास्कीको पोखरा महानगरपालिका–२३ हर्पन बस्ने ४९ वर्षीय देवबहादुर विकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ ।  आफ्नै घरको ढोका लगाउने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।   

त्यस्तै बाग्लुङको ढोरपाटन नगरपालिका–५ पाखापानी बस्ने चित्र बहादुर बिकको छोरा ६ वर्षीय दिनेश बिक र छोरी ९ वर्षीया सुनिता बिकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ ।   

उता गुल्मीको मालिका गाउँपालिका–८ फल्लेनी बस्ने ४० वर्षीया विष्णु बिकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ ।  आफ्नै घरको आँगनमा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको प्राथामिक स्वास्थ्य केन्द्र रजस्थल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप