चट्याङ लागेर एकैदिन ६ जनाको मृत्यु
काठमाडौँ । नेपालमा मनसुन भित्रिएसँगै देशभर वर्षा भइरहेको छ । वर्षासँगै परेको चट्याङ लागेर शनिबार देशका विभिन्न स्थानमा ६ जनाले ज्यान गुमाएका छन् । दाङको दंगीशरण गाउँपालिका–६ बागर बस्ने ३२ वर्षीय समीर केसी र सोही गाउँपालिका(३ चखौरा बस्ने ३७ वर्षीय बिरेन्द्र भन्ने रामनारायण चौधरीको चट्याङ लागेर शनिबार दिउँसो मृत्यु भएको छ । आ-आफ्नै खेतबारीमा काम गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरू दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यता कास्कीको पोखरा महानगरपालिका–२३ हर्पन बस्ने ४९ वर्षीय देवबहादुर विकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ । आफ्नै घरको ढोका लगाउने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै बाग्लुङको ढोरपाटन नगरपालिका–५ पाखापानी बस्ने चित्र बहादुर बिकको छोरा ६ वर्षीय दिनेश बिक र छोरी ९ वर्षीया सुनिता बिकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ ।
उता गुल्मीको मालिका गाउँपालिका–८ फल्लेनी बस्ने ४० वर्षीया विष्णु बिकको चट्याङ लागेर शनिबार राति मृत्यु भएको छ । आफ्नै घरको आँगनमा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको प्राथामिक स्वास्थ्य केन्द्र रजस्थल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण