कर उठाउन महानगरले कर टोली गठन गर्ने, ३ करोड ४२ लाख खर्च विनियोजन
आइतबार, १० असार २०८०, १५ : १०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पालिका भित्रको कर प्रणालीलाई व्यवस्थित र परिमार्जित गर्न कर टोली गठन गर्ने भएको छ ।
आइतबार आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएको महानगरपालिकाले करको दरमा समसामयिक पुनरावलोकन गर्न तथा करको दायरा फराकिलो बनाई राजश्व परिचालनमा थप प्रभावकारिता ल्याउन कर टोली गठन गरी परिचालन समेत गरिने जनाएको हो ।
यसका लागि ३ करोड ४२ लाख रुपैयाँ बजेट छुट्याइएको उपमेयर सुनिला डंगोलले जानकारी दिइन् ।
निजी क्षेत्रको स्रोत, साधन, सीप र प्रविधिको उपयोग गरी सार्वजनिक निर्माण तथा सेवाप्रवाहमा साझेदारी कार्यक्रम प्रवर्द्धन गर्न आवश्यक बजेट सहितको व्यवस्था समेत मिलाइएको उनले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमै स्मार्टफोन सफा गर्नुहुन्छ ? पर्ला नि महँगो ?
-
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
-
श्रीलंकाको पाँचदिने भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए
-
साझा देश, असमान अनुभूति
-
पहिरोले थुनियो पोखराको सेती नदी (तस्बिरहरू)
-
राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तह गरी ९५ जनप्रतिनिधिका पद रिक्त, उपनिर्वाचन अनिश्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण