इटहरी उपमहानगरपालिकाद्वारा २ अर्ब ३५ करोडको बजेट पेश (पूर्णपाठ)
इटहरी । इटहरी उपमहानगरपालिकाले २ अर्ब ३५ करोड ३१ हजार रुपैयाँको अनुमानित बजेट पेश गरेको छ । उपमहानगरको तेह्रौँ नगरसभामा उपप्रमुख संगिता कुमारी चौधरीले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सो बजेट प्रस्तुत गरेकी हुन् ।
आगामी आर्थिक वर्षको लागि संघीय समानिकरण अनुदान रु. ३० करोड १७ लाख, संघीय सशर्त अनुदान रु. ७२ करोड ५७ लाख , संघीय समपूरक अनुदान रु. २ करोड, संघीय विशेष अनुदान रु. ३ करोड ७५ लाख ,प्रदेश समानिकरण अनुदान रु. २ करोड ७ हजार, प्रदेश सशर्त अनुदान रु. १ करोड २३ लाख २५ हजार, प्रदेश समपूरक अनुदान रु. १ करोड, संघीय राजश्व बाँडफाँड रु. १८ करोड ३ हजार, प्रदेश राजस्व बाँडफाँड(सवारी) रु. २ करोड १३ लाख ९६ हजार, प्रदेश राजश्व बाँडफाँड रजिस्ट्रेशन रु. ३० करोड , आन्तरिक श्रोतबाट रु. ६८ करोड १४ लाख , नगद मौज्दात परिवर्तनबाट रु. १ करोड र नगर विकास कोषबाट ऋण ३ करोड प्राप्त भएको उपमहानगरले जनाएको छ ।
चालु खर्च तर्फ रु १ अर्ब १५ करोड ७८ लाख २५ हजार अर्थात् कुल बजेटको ४९.२७ प्रतिशत,वित्तीय व्यवस्था अन्तर्गत नगर विकास कोषको सावाँ व्याज भुक्तानी तर्फ रु. ५० लाख र पुँजीगत तर्फ रु. १ अर्ब १८ करोड ७२ लाख ६ हजार अर्थात् कुल बजेटको ५०.५२ प्रतिशत विनियोजन गरिएको छ । विषयगत तर्फ रु २५ करोड, वडा सीमा तर्फ १० वटा वडा (१,३,७,१०,११,१३,१४,१५,१८ र १९) लाई प्रति वडा रु. १ करोड ५५ लाखका दरले, वडा नं (२,४,५,६,८,९,१२,१६,१७ र २०)लाई प्रति वडा रु. १ करोड ७५ लाखका दरले गरी कुल रु. ३३ करोड, नगर स्तरीय योजनाका लागि रु. १७ करोड ४५ लाख ६ हजार, सशर्त अनुदान तर्फ रु. ८० करोड ५५ लाख २५ हजार विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण