थाहा नगरपालिकाले ल्यायो ९८ करोड ८८ लाखको बजेट
हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८९/०८१ को लागि ९८ करोड ८८ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको नगरसभामा नगर उपप्रमुख भरत गोपालीले संघीय सरकारबाट प्राप्त समानिकरण अनुदान १२ करोड ४० लाख रुपैयाँ, समपुरक अनुदान ५० लाख रुपैयाँ, विशेष अनुदान १ करोड रुपैयाँ, सशर्त अनुदान ३१ करोड १४ लाख रुपैयाँ, राजस्व बाँडफाटबाट ११ करोड ६२ लाख २ हजार रुपैयाँ, रोयल्टी २ करोड रुपैयाँ गरी कुल ५८ करोड ८६ लाख २ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
त्यस्तै प्रदेश सरकारबाट प्राप्त समानिकरण अनुदान १ करोड २६ लाख ८२ हजार रुपैयाँ, समपुरक अनुदान ४ करोड रुपैयाँ, विशेष अनुदान ६० लाख रुपैयाँ, सशर्त अनुदान ६ करोड २५ लाख ५४ हजार रुपैयाँ र राजस्व बाडफाड ८ करोड ३५ लाख ५३ हजार रुपैयाँ गरी कुल २० करोड ४७ लाख ७९ हजार रुपैयाँ प्राप्त हुने जनाइएको छ ।
सार्वजनिक गरिएको बजेटको स्रोत व्यर्होन नगरपालिकाले आन्तरिक आय तर्फ राजस्व ६ करोड ५४ लाख ५० हजार रुपैयाँ, मालपोत कर बापत २ करोड रुपैयाँ र गत वर्षको नगद मैज्दात ११ करोड रुपैयाँ गरी कुल १९ करोड ५४ लाख ५० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा ८ करोड ५४ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गर्ने अनुमान गरेको छ ।
नगरपालिकाले कृषि, पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, सुशासन, उद्यमशिलता र रोजगारी ,विपद व्यवस्थापन र क्षमता विकासलाइ प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा दामन सिमभन्ज्याङ क्षेत्रमा मनोरेल, भैसे सिमभञ्ज्याङ केवलकार निर्माणका लागि सम्भव्यता अध्ययन गर्ने, तरकारी खेतीको प्रोत्साहनसहित पुष्प खेतिको लागि सम्भाव्यता अध्ययन गर्ने, विपन्न परिवारका नागरिकहरुलाई सरकारी तथा निजि स्वास्थ्य केन्द्रबाट अनिवार्य १० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वष्न गर्ने, पर्यटन प्रवद्र्धनको लागि अन्तरपालिका सहकार्य योजनाको पहिचान गरी कार्यान्वयन गर्ने लगायतका कार्यक्रमहरु बजेटमा समावेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण