लागुऔषध दुर्व्यवसनविरुद्ध शान्ति समाजको सचेतना कार्यक्रम
काठमाडौँ । लागुऔषध दुर्व्यसन र अवैध ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजले विभिन्न जिल्लामा विद्यालय केन्द्रित कार्यक्रम सम्पन्न भएको छ । समाजका महोत्तरी, सुर्खेत, पाल्पा, तेह्रथुम, कपिलवस्तु, काठमाण्डौँ, रुपन्देही, बाँके, चितवन, कास्की, दाङ, नुवाकोट लगायत जिल्ला शाखाहरुले विभिन्न शैक्षिक प्रतिष्ठानहरुमा सचेतना कार्यक्रम आयोजना गरेका हुन् ।
यसैगरी शान्ति समाज सुनसरी शाखाले असार ५ गते लागू औषध दुव्र्यसन विरुद्धमा विद्यालय केन्द्रित सचेतना कार्यक्रम आयोजना गरेको थियो । त्यस क्रममा शान्ति समाजद्वारा तयार गरिएको लागु औषध दुव्र्यसन विरुद्ध अभियान शिर्षकको अवधारणापत्र प्रस्तुत गरिएको समाजले जनाएको छ ।
अवधारणापत्रमा मूलतः युवा पुस्तालाई दुर्व्यसबाट जोगाउने उद्देश्यले लागु औषध दुर्व्यसन मुक्त विद्यालय, लागु औषध दुर्व्यसन मुक्त समुदाय र लागु औषध दुर्व्यसन मुक्त कार्य स्थलमा जोड दिँदै यसका लागि अभिभावक, विद्यालय र समुदायको भूमिकाबारे उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंघ महासभाद्वारा ७ डिसेम्वर १९८७ मा प्रस्ताव पारित गरि दुव्र्यसन मुक्त विश्वको लक्ष्य हासिल गर्ने उद्देश्यले हरेक वर्ष २६ जुनका दिन लागु औषध दुर्व्यसन र अवैध ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ ।
मानव अधिकार तथा शान्ति समाजले एक दशक अगाडिदेखि लागू औषध दुर्व्यसन विरुद्ध अभियान सञ्चालन गर्दै आएको छ । यसैगरी यातना पीडितहरुको सहायतार्थ राष्ट्रसंघीय दिवस २६ जुनका सन्दर्भमा शान्ति समाज दाङ शाखाले तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको कार्यक्रम अधिकृत सरिता पौडेलले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण