झापा, मोरङ, सुनसरीका ४३ पालिकाको बजेट ३८ अर्ब ४० करोड
विराटनगर । कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये १३२ ले बजेट ल्याउँदा ५ वटा पालिकाले भने विवादका कारण अझै बजेट ल्याउन सकेका छैनन् ।
असार १० को निर्धारित समयमै बजेट नल्याउने पालिकाहरूमा तेह्रथुमको आठराई गाउँपालिका र लालीगुराँस नगरपालिका, धनकुटाको साँघुरीगढी गाउँपालिका र धनकुटा नगरपालिका तथा मोरङको मिक्लाजुङ गाउँपालिका रहेका छन् ।
धनकुटाको दुई पालिकामा भने अध्यक्ष र प्रमुख अल्पमतमा छन् । वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूसँग उनीहरूको विवाद भएको थियो । खास गरी वडामा बढी बजेट माग गर्ने र प्रमुख तथा अध्यक्षले दिन नचाहेपछि बजेट आउन नसकेको हो ।
साँघुरीगढी गाँउपालिकाले १९ गते बजेट ल्याउने जनाएको छ भने धनकुटाका नगरपालिकाले बजेट ल्याउने समयावधिबारे अझै टुंगो लगाउन सकेको छैन ।
यस्तै, मोरङको मिक्लाजुङ गाउँपालिकाको भने आगामी असार १८ गते बजेट ल्याउने जनाएको छ । पालिकाको खातामा आएको ५ करोड रुपैयाँ फिर्ता गर्नुपर्ने अवस्था आएको र हिसाब नमिल्ने देखिएको कारण बजेट आउन ढिलाइ भएको पालिकाले जनाएको छ ।
उता, ताप्लेजुङका ९, पाँचथरका ८, इलामका १०, झापाका १५, संखुवासभाका १०, तेह्रथुमका ६, धनकुटाका ५, भोजपुरको ९, मोरङका १६, सुनसरीको १२, सोलुखुम्बुको ८, ओखलढुंगाको ८, खोटाङको १० र उदयपुरको ८ पालिकाले बजेट ल्याइसकेका छन् ।
यसैबीच, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय शाखाले सबै पालिकालाई पत्राचार गर्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कार्यपालिकाबाट पेश भएको बजेट विवरण अनिवार्य संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्न निर्देशन गरेको छ ।
उक्त मन्त्रालयको पोर्टलमा भने स्थानीय तहहरूले ल्याएको बजेटको विवरण अझै पेश भएको छैन । कोशी प्रदेशका ३३ वटा पालिकाले मात्रै बजेटको विवरण पेश गरेका छन् ।
झापा, मोरङ र सुनसरीमा बजेट केन्द्रित
यसैबीच, कोशी प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा बढी बजेट मोरङका पालिकाहरूले ल्याएका छन् । मोरङमा एक महानगरपालिका, ८ वटा नगरपालिका र ८ वटा गाउँपालिका छन् । एक गाउँपालिकाबाहेक पालिकाहरूको जम्मा बजेट १५ अर्ब १६ करोड १३ लाख ४८ हजार ६२७ रुपैयाँ रहेको छ ।
यस्तै, १५ वटा पालिका रहेको झापामा सबै पालिकाले गरी जम्मा १३ अर्ब ३ करोड ६५ लाख १२ हजार ४४२ रुपैयाँको बजेट ल्याएका छन् ।
उता, १२ वटा पालिका रहेको सुनसरीमा सबै पालिकाको बजेट १० अर्ब २० करोड ९१ लाख ५० हजार ७ सय रुपैयाँ रहेको छ ।
यसरी तीन जिल्लाको ४३ पालिकाको जम्मा बजेट ३८ अर्ब ४० करोड ७० लाख ११ हजार ७६९ रुपैयाँ रहेको छ ।
झापा, मोरङ र सुनसरीको ४३ पालिकाको के कति बजेट ?
हेर्नुहोस् तथ्याङ्क

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण