बजेटमा असन्तुष्टि
बजेटमा असन्तुष्टि जनाउँदै घोराही-८ का वडा अध्यक्ष शाहले दिए राजीनामा
मङ्गलबार, १२ असार २०८०, १७ : ५९
दाङ । घोराही उप-महानगरपालिका-८ का वडा अध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् । बजेटको विषयमा असन्तुष्टि जनाउँदै वडा अध्यक्ष शाहले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
एमालेबाट निर्वाचित शाहले घोराही उपमहानगरपालिकाको १३ औं नगरसभामा राजीनामा पत्र नगर प्रमुख नरुलाल चौधरीलाई बुझाएर नगरसभाबाट बाहिरिएका हुन् ।
आफ्नो वडामा बजेट नहालेको भन्दै शाहले मेयरसँग असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिएको बताइएको छ ।
आफ्नै पार्टीबाट निर्वाचित मेयरले बजेट वडामा बजेट नदिएपछि राजीनामा दिने निष्कर्षमा पुगेको उनले बताए ।
यसअघिको बजेट ल्याउँदा पनि राजीनामा दिने घोषणा गरेका उनले अन्तिममा राजीनामा भने दिएका थिएनन् । उनले अर्को निर्वाचनमा मेयरमा चुनाव लड्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयन गर्न अस्पतालको अटेरी
-
कृत्रिम महँगीको मारमा आम नागरिक
-
साँगा अन्डरपास निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
-
पाराग्वेली सांसदको रङ्गभेदी टिप्पणीमाथि खनिए एम्बाप्पे, फ्रेन्च फुटबल महासङ्घ अदालत जाने
-
तीन दशक सत्ता चलाउनेहरू सय दिनको सरकारसँग हिसाब माग्दै छन् : पराजुली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण