प्रधानमन्त्री र राष्ट्र संघका उपमहासचिवबीच भेटवार्ता
बुधबार, १३ असार २०८०, ०९ : ५४
काठमाडौँ । राष्ट्र संघको शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव जिन–पिरे ल्याक्रोइक्सले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको भेटमा नेपाल र संयुक्त राष्ट्र संघबीचको साझेदारी तथा शान्ति सेनामा नेपालको योगदानका विषयमा छलफल भएको थियो ।
उपमहासचिव ल्याक्रोइक्स चार दिने भ्रमणमा मंगलबार काठमाडौँ आइपुगेका हुन् । मंगलबार नै उनले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा शिष्टाचार भेट गरेका थिए । सो भेटमा आपसी चासोका विषयहरुमा छलफल भएको सेनाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण