नागरिकताको भोक : जिल्ला प्रशासन कार्यालयको गेटमै बास (तस्बिरहरू)
विराटनगर । छिटो नागरिकता बनाउने चाहनाका कारण मोरङस्थित जिल्ला प्रशासन कार्यालय विराटनगरको गेट अगाडि नै सेवाग्राही बास बसेका छन् ।
जन्मसिद्धका सन्तानहरू हिजो राति ९ बजेदेखि नै जिल्ला प्रशासन कार्यालय अगाडि बसेका हुन् । गेट अगाडि नै बिस्तारा बनाएर सुतेका उनीहरू पानी परेपछि भने तितरबितर भएका थिए ।
मोरङ बुढीगंगा गाउँपालिका–९ का सुनिल सरदारले राति ९ बजे जिल्ला प्रशासनको गेट अगाडि सुतेको बताए । लाइनमा बस्नेको पालो बिहानै पहिलो हुन्छ भनेपछि प्रशासनको गेट अगाडि सुतेको उनले बताए । पानी परेपछि रातभर ननिदाई बसेको उनले बताए ।
बिहान ८ बजेसम्म ३५० मिटरभन्दा लामो लाइन बनिसकेको छ । बिहान ३ बजे जिल्ला प्रशासनमा आइपुग्दा २०० भन्दा बढी व्यक्ति लाइनमा बसेको पाइएको कटहरिका मोहम्मद नुरोले बताए ।
‘राति पानी परेकाले तितरबितर भएका थिए तर २ बजेदेखि पानीमा भिज्दै पनि लाइनमा बसेका छन्,’ सुरक्षामा खटिएका एक प्रहरीले भने ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण