छैटौँ पटक विश्वकप खेल्दै ब्राजिलियन स्टार मार्टा
काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करणका लागि ब्राजिलले आफ्नो टोलीको घोषणा गरेको छ । ब्राजिलियन टोलीमा ३७ वर्षीया अनुभवी स्ट्राइकर मार्टालाई पनि समावेश गरिएको छ ।
मार्टाले अब छैटौँ पटक विश्वकप खेल्ने भएकी छन् । विश्वकपको नवौँ संस्करण जुलाई २० देखि अगस्त २० तारिखसम्म अस्ट्रेलिया र न्युजिल्यान्डमा आयोजना हुँदै छ । मार्टा विश्व महिला फुटबलकी प्रभावशाली खेलाडी हुन् ।
उत्कृष्ट प्रदर्शनका कारण लाखौं समर्थकको मन जितेकी मार्टाले हालसम्म ६ पटक विश्व फुटबल महासङ्घ ९फिफा० बाट सर्वोत्कृष्ट खेलाडीको पुरस्कार पाइसकेकी छन् । उनी विश्वकप फुटबलमा १७ गोल गर्ने एकमात्र खेलाडी हुन् ।
पुरुष विश्वकपमा पनि हालसम्म कुनै खेलाडीले १७ गोल गर्न सकेको छैन । ‘मार्टा विश्व फुटबलकी रानी हुन् । उनी विश्व फुटबलका लागि उदाहरण पनि हुन्,’ आगामी विश्वकपका लागि टोलीको घोषणा गरेपछि ब्राजिलियन प्रशिक्षक पिआ सन्धागेको कथन थियो ।
मार्टासहितको टोलीले आगामी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि चुम्ने विश्वास पनि ब्राजिलियन फुटबल महासङ्घले लिएको छ । ब्राजिलले हालसम्म फिफा महिला विश्वकपको उपाधि भने चुम्न सकेको छैन ।
हालसम्म अमेरिकाले सर्वाधिक चार पटक महिला विश्वकपको उपाधि जितेको छ । जर्मनीले पनि दुई पटक उपाधि हात पारेको छ । यसका अतिरिक्त नर्वे र जापानले एक—एक पटक महिला विश्वकपको उपाधि हात पारेका छन् ।
यसपटक ब्राजिल प्रतियोगिताको समूह ‘एफ’ मा परेको छ । उक्त समूहमा फ्रान्स, जमैका र पानामा पनि रहेका छन् । ब्राजिलले आफ्नो पहिलो खेल जुलाई २४ तारिखमा पानामासँग खेल्नेछ । आगामी महिला विश्वकपमा ३२ टोली सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण