पुनः नामकरण संघर्ष समिति र सरकारबीचको वार्ता स्थगित
विराटनगर । प्रदेश १ पुनः नामकरण संघर्ष समितिले सरकारसँग वार्तामा नबस्ने बताएसँगै आजको लागि तय भएको वार्ता स्थगित भएको छ । आन्दोलनरत संघर्ष समितिले विज्ञप्ति जारी गर्दै आज विराटनगरमा हुने भनिएको वार्तामा नबस्ने जनाएको हो । एउटै मिति, स्थान र उही समयमा अर्को पक्षसँग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपूर्ण भएको भन्दै संघर्ष समितिले वार्ताको वातावरण नभएसम्म वार्तामा नबस्ने जनाएको हो ।
वार्ता स्थगन नगरिएको तर वार्ताको नाममा प्रदेश सरकारले राजनीति सुरु गरेको किराँत याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापो बताउँछिन् । प्रदेश सरकारले नागरिक उन्मुक्ति पार्टीलाई पनि आजै वार्ताका लागि बलाएको थियो । यता, कोशी प्रदेश सरकारका वार्ता टोलीका संयोजक तथा खानेपानी सिञ्चाइ तथा उर्जा मन्त्री तीलकुमार मेन्याङ्बोले वार्तामा बोलाएका संघर्ष समितिका कतिपय प्रतिनिधिले नभ्याउने भएपछि वार्ता स्थगित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
-
शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान
-
कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
२१ खर्ब २४ अर्बको बजेट आजदेखि कार्यान्वयनमा, चालु खर्चमै झन्डै ६० प्रतिशत विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण