२४ गते राति १२ बजेदेखि सम्पूर्ण सरकारी भुक्तानी रोकिने
काठमाडौँ । आगामी असार २४ गतेदेखि सरकारी काम काजको सम्पूर्ण भुक्तानी रोकिने भएको छ । महालेखा नियन्त्रकको कार्यालयले २४ गतेभित्र चालु आर्थिक वर्षको भुक्तानी, हिसाबकिताब राफसाफ गर्न सबै पालिका, प्रदेश सरकार र केन्द्र सरकारलाई निर्देशन गरेको हो ।
महालेखा नियन्त्रण कार्यालयको चलानी नम्बर ३२३ को असार १० गतेको परिपत्र नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको भुक्तानी निकासा बन्द गर्ने र सालतमाम सम्बन्धमा विषयको पत्रको बुदा नं.१ मा संघ प्रदेश र स्थानीय तहहरुको आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अगावै साविकमा जस्तै निकासा भुक्तानी र प्रणाली समेत बन्द हुने हुँदा सूचना संप्रेषण गरिएको महालेखा नियन्त्रणले जनाएको छ ।
संघीय कार्यालयहरुको हकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (१) र (२) बमोजिम र प्रदेश तथा स्थानीय तहले सोही नियमको उपनियम (७) र (८) बमोजिम गर्न र आर्थिक वर्ष समाप्त हुने सात दिन अघि अर्थात् असार २४ गते राति १२ बजेदेखि नियमले निर्दिष्ट गरेको कामको लागि बाहेक सम्पूर्ण निकासा भुक्तानी गर्न महालेखा नियन्त्रण कार्यालयले निर्देशन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण