कोशी प्रदेश : प्रशासन सुधार कार्यदलले प्रतिवेदन बुझायो
विराटनगर । कोशी प्रदेश सरकारले चार महिना अघि गठन गरेको प्रशासन सुधार कार्यदलले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई प्रतिवेदन बुझाएको छ । कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कार्कीले कार्यदलले प्रतिवेदन मार्फत दिएका राय सुझावहरूलाई आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट मार्फत कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
उनले कार्यदलले दिएका सुझावहरू कार्यान्वयन गर्ने सवालमा प्रदेश सरकारका मन्त्री तथा सचिवहरूको महत्त्वपूर्ण भूमिका हुने जानकारी गराउँदै प्रतिवेदनलाई राम्रोसँग अध्ययन गरेर कार्यान्वयनमा लैजान पनि मन्त्री तथा सचिवहरूलाई निर्देशन गरे । उनले सङ्घीयताको महत्त्वपूर्ण हिस्साको रूपमा प्रदेश सरकार रहेको स्मरण गराउँदै तर प्रदेश सरकारले सकारात्मक काम गर्दा पनि जनस्तरबाट नकारात्मक टिप्पणीहरू हुनु दुःखद भएको बताए । प्रदेश संरचनाप्रति जनस्तरबाट विभिन्न प्रश्नहरू उठिरहेको बेला कार्यदल मार्फत आएका सुझावहरूले त्यसको समाधान दिने विश्वास व्यक्त गरे ।
कोशी प्रदेश सरकारले चार महिनाअघि २०७९ माघ ६ गते पूर्व सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरेको थियो । कार्यदलका अन्य सदस्यहरूमा पूर्व प्रशासक बाबुराम पौडेल र मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालयका शासकीय सुधार महाशाखाका सचिव रहेका थिए । कार्यदलले चार महिना लगाएर तयार पारेको २२८ पेज लामो प्रतिवेदनमा १५२ वटा सुझावहरू रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद श्रेष्ठको प्रधानमन्त्रीलाई प्रश्न : भारतले मागे के दिनुहुन्छ ?
-
ड्युटीमा फर्किएसँगै महानगर प्रहरीले जथाभावी पार्किङ हटाउन थाल्यो (तस्बिरहरू)
-
बिना तयारी सुकुमबासी बस्ती हटाउँदा ९ जनाको मृत्यु
-
गणेश नेपालीको अग्नि विद्रोह र गोठालो पुँजीवाद
-
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त
-
उपाधि दाबेदार फ्रान्स कसरी बन्यो स्पेनविरुद्ध यति निरीह ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण